काठमाडौं महानगरद्धारा महानगरभित्र बसोबास गरिरहेका नागरिकहरुको कोरोना परीक्षणलाई तिव्रता

विदेशबाट आएका नागरिकहरुको ¥यापिड डाइग्नोष्टि विधिबाट परीक्षण गर्दै

काठमाडौं महानगरले भारत तथा तेस्रो मुलुकबाट आएर महानगरभित्र बसोबास गरिरहेका नागरिकहरुको कोरोना परीक्षणलाई तिव्रता दिएको छ । महानगरभित्र बसोबास गरिरहेका विदेशबाट आएका नेपाली नागरिक वा विदेशी नागरिकहरुको ¥यापिड डाइग्नोष्टि (आरडिटी) विधिबाट परीक्षण थालिएको हो । सोमबार महानगरले वडा नम्बर ६, ७, ८ र ९ मा परीक्षण गरेको छ । २ सय जनाको परीक्षण गर्ने लक्ष्यसहित सो वडाहरुमा परीक्षण थालिएको महानगरले जनाएको छ । आइतबारसम्म हानगरभित्र साढे ६ सय जनाको परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको मेयर विद्यासुन्दर शाक्यले बताउनुभयो । विदेशबाट आएका नागरिकहरु सरकारको आग्रह अनुसार होम क्वारेन्टाइनमा बसिरहेकाले शंका गर्नुपर्ने अवस्था नरहेको उहाँको भनाई छ । कुनै व्यक्तिमा पोजेटिभ देखिए थप परीक्षणका लागि टेकु अस्पताल पठाइने र सम्बन्धि वडामा छुटेकाहरुले अर्को वडामा गएर परीक्षण गर्न सक्ने उहाँले बताउनुभयो ।

महानगरले प्रत्येक वडाहरुमा परीक्षण थालेपनि किटको व्यवस्थापन सहज नभएको गुनासो काठमाडौं ४ बाट निर्वाचित सांसद गगन थापाले गर्नुभयो । सोमबार परीक्षण गरिएका वडाहरुका लागि किट माग्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हारगुहार नै गर्नुपरेको उहाँको भनाई छ । आरडिटी परीक्षणमा पोजेटिभ आएको तर पिसिआरमा नेगेटिभ आएका व्यक्तिको सम्पर्कमा आएका अन्य व्यक्तिहरुको पनि परीक्षण हुनुपर्नेमा त्यस्तो नभएको उहाँले बताउनुभयो । महानगरले माइकिङ र स्वयमसेविकाहरुलाई घरघरमा पठाउँदा पनि धेरैले परीक्षणका लागि अटेरी गरेको थापाले बताउनुभयो ।

चैत महिनाभित्र विदेशबाट आएका नागरिकहरुको परीक्षण गरिएको हो । विदेशबाट आएका नागरिकहरुले परीक्षणको काम सरकारले ढिला गरी सुरु गरेको बताएका छन् । अहिले नेपालमा ३१ जनामा कोरोना पोजेटिभ देखिएको छ । जसमा ४ जना उपचारपछि निको भएर घर फर्किएका छन्, भने २७ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सवारी पास लिनेको भिड

Mon Apr 20 , 2020
कोरोना भाइरस संक्रमणको जोखिम मोलेरै भएपनि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पास लिनेहरुको भिड अझै रोकिएको छैन् । सरकारले भिडभाड बढेसगै अत्यावस्यक कामका लागि अनलाइनबाटै इ–पास लिने व्यवस्था गरेको थियो । तर जिल्ला प्रशासन कार्यालय काठमाडौंले पारिवारीक मृत्यु संस्कारका लागि बाहेक अन्य कामका लागि पास वितरण नगर्ने बताएपछि अहिले कार्यालयमै आएर […]