कोरोना संक्रमितमध्ये चार जना उपचारपछि निको भएर घर फिर्ता

अहिलेसम्म नेपालमा ३१ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी

विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमितमध्ये चार जना उपचारपछि निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा आइतबारसम्म विभिन्न अस्पतालमा उपचाररत ४ जना निको भएर घर फर्किएको बताएको छ । बागलुङको धौलागिरी अस्पतालबाट ६५ वर्षिया मनकुमारी पौडेल र टेकु अस्पतालबाट १९ वर्षिया प्रसिद्धि श्रेष्ठ शनिबार निको भएर फर्किएका छन् । आइतबार कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत २१ युवालाई डिस्चार्ज गर्ने तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले बताउनुभयो । दोस्रो र तेस्रो परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्ने तयारी भएको उहाँले बताउनुभयो । गते चैत ११ गते भारतबाट फर्किएका ती युवकमा क्वारेन्टाइनमा बसेको १३ दिनपछि कोरोना पोजेटिभ देखिएको थियो । चीनबाट आएका कोरोना संक्रमित यसअघि नै डिस्चार्ज भइसकेका छन् ।

मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा ३१ जनामा कोरोना पोजेटिभ देखिएको छ । अहिले २७ जना उपचाररत रहेका छन् । शनिबार उदयपुरमा एकजनामा कोरोना पोजेटिभ देखिएसँगै संक्रमितको संख्या ३१ पुगेको हो । मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार आइतबारसम्म पिसिआर विधिबाट ८ हजार ८१ जनाको परीक्षण गरिएको छ । आरडिटी विधिबाट २१ हजार ४ सय ८६ जनाको परीक्षण गरीएको उहाँले बताउनुभयो पछिल्लो २४ घण्टामा २१ सय ६८ वटा परीक्षण भएका छन् । प्रदेशहरुमा परीक्षण्का लागि थप किटहरु पठाइएको छ ।
भेरी अस्पतालमा पनि आइतबारबाट पिसिआर विधिबाट परीक्षण सुरु भएको छ । यो सँगै देशभरी १५ वटा अस्पतालबाट पिसिआर विधिबाट परीक्षण सुरु भएको प्रवक्ता देवकोटाले बताउनुभयो । भेरी अस्पतालमा अहिले ८ वटा नमुना परीक्षणको क्रममा रहेका छन् ।
सरकारले विभिन्न प्रदेशहरुबाट आएका रिपोर्टहरुलाई भेरिफाइ गर्न क्रस परीक्षण गरिरहेको जनाएको छ । पश्चिममा भेरी अस्पताल र पूर्वमा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अन्य अस्पतालबाट आएका रिपोर्टहरु पुनः परीक्षण गरिने र त्यहाँ पोजेटिभ देखिएमा मात्रै पुष्टि हुने प्रवक्ता देवकोटाले बताउनुभयो ।
क्वारेन्टाइनमा ५ हजार १ सय ८० जना रहेका छन् । उपत्यकामा ५ र बाहिर ९८ गरी १ सय ३ जना आइसोलेसनमा रहेका छन् ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काठमाडौं महानगरपालिकाले थाल्यो विदेशबाट आएका नागरिकहरुको ¥यापिड टेष्ट

Sun Apr 19 , 2020
काठमाडौं महानगरपालिकाले विदेशबाट आएका नागरिकहरुको ¥यापिड टेष्ट थालेको छ । विभिन्न मुलुकबाट आएर महानगरपालिका भित्र बसोबास गरिरहेका नागरिकहरुको ¥यापिड टेष्ट थालिएको हो । आइतबार कालिमाटीमा वडा नम्बर १२, १३ र १४ मा बसोबास गरिरहेका नागरिकहरुको परीक्षण गरिएको महानगरपालिकाले जनाएको छ । विदेशबाट आएका व्यक्ति भन्ने वित्तिकै त्रास फैलिरहेको त्रासलाई परीक्षणले […]