रोटरी क्लबद्धारा स्वाव कलेक्सन बुथ हस्तान्तरण

कलेक्सन बुथको माध्यमबाट स्वावको नमुना लिनलाई सहज हुने

रोटरी क्लब थापाथलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वाव कलेक्सन बुथ हस्तान्तरण गरेको छ । बुधबार क्लबले मन्त्रालयमै पुगेर मन्त्री भानुभक्त ढकाललाई स्वाव कलेक्सन बुथ हस्तान्तरण गरेको हो । पिपिइ लगाएर स्वाव कलेक्सन गरेजस्तै बुधबाट पनि परीक्षणका लागि स्वाव कलेक्सन हुन्छ । मन्त्रालयका सह प्रवक्ता समिर कुमार अधिकारले बक्सभित्र पसेर स्वास्थ्यकर्मीहरुले घाटीको ¥यालको नमुना लिने बताउनुभयो । कलेक्सन बुथको माध्यमबाट स्वावको नमुना लिनलाई सहज हुनेछ ।

बुधबार नै वल्र्ड भिजनले १ हजार थान पिपिइ पनि मन्त्रालयलाई हस्तान्तरण गरेको छ । प्राप्त भएका स्वास्थ्य सामग्रीहरु व्यवस्थापन महाशाखामा भण्डार हुनेछन् । देशका जुनसुकै ठाउँमा पनि आवश्यक परेको खण्डमा स्वाव कलेक्सन बुथ र पिपिइ महाशाखाबाट नै पठाइने उहाँले बताउनुभयो ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लकडाउनको कारण पशुपतीनाथ क्षेत्र र बौद्ध स्तूपा क्षेत्र सुनसान

Wed Apr 22 , 2020
कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले लागू गरेको लकडाउनको कारणले काठमाडौंको पशुपतीनाथ क्षेत्र र बौद्ध स्तूपा क्षेत्र सुनसान छन् । लकडाउन लागू भएको बिहीबार एक महिना पुग्दै छ । लकडाउनको असर कार्यालय, यातायात, पर्यटन, धार्मिक मठ मन्दिर सबैतिर परेको छ । सधैं भिडभाड रहने विश्व सम्पदा सूचिमा समेत रहेको […]