शिक्षा तथा स्वास्थ्य समिति बैठक

कोरोना भाइरस (कोभिड—१९) सम्बन्धि छलफल गर्न प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति बैठक बसेको छ । अनौपचारिक रुपमा बसेको बैठकमा अनलाइन मार्फत सहभागि भएका सांसदहरुले सीमानाकाको व्यवस्थापन, परीक्षणको दायरा विश्वसनिय ढंगले बढाउनुपर्ने सुझाव दिएका छन् । भिडियो कन्फ्रेन्स मार्फत बसेको बैठकमा सांसदहरुले पठाएका सुझावहरुलाई केन्द्रीत गरेर सरकारको ध्यानाकर्षण गराउने र सुझाव पेश गर्ने निर्णय भएको समिति सभापति जयपुरी घर्तिले बताउनुभयो ।

बैठकमा सांसद खगराज बरालले कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) समितिमा औषधि विज्ञ, ल्याव विज्ञ र जनस्वास्थ्य विज्ञलाई समेत सहभागि गराउनुपर्ने बताउनुभयो । मन्त्रालयको काम चुस्त दुरुस्त राख्न जरुरी रहेकाले भएका कमिकमजोरी सच्याउँदै अगाडी बढ्नुपर्ने उहाँले बताउनुभयो । सरकारी र नीजि अस्पताललाई चिकित्सकहरुलाई अभियानमा सहभागि हुन आह्वान गर्नुपर्ने र पिसिआर मेसिनबाट परीक्षण दायरा बढाउनुपर्ने उहाँले बताउनुभयो ।

अर्का सांसद गगन थापाले भारतमा लक डाउन खुकुलो हुने वित्तिकै नेपाली भित्रिनेको संख्यामा बृद्धि हुनेभएकाले सीमानाका, र क्वारेन्टाइन व्यवस्थापनको योजना अहिले नै बनाएर लागु गनुपर्ने बताउनुभयो । सरकारले सडक सुधारको कामलाई तिव्रता दिएजस्तै गरी तीन महिना पछि आउन सक्ने संकटको अवस्थालाई ध्यान दिँदै काम अगाडी बढाउनुपर्ने उहाँले बताउनुभयो । पर्याप्त स्वास्थ्य उपकरणको व्यवस्था गर्नुपर्ने र नियमित स्वास्थ्य सेवालाई प्रभावित नगर्ने गरी अगाडी बढ्नुपर्ने सुझाव उहाँले दिनुभयो । राहत प्याकेजमा चामल र दाल मात्रै नभएर ज्यालादारी गर्दै आएका व्यक्तिहरुका लागि औषधिको व्यवस्था पनि गर्नुपर्ने सुझाव उहाँले दिनुभयो ।

काठमाडौंमा उपलब्ध सांसदहरु प्रत्यक्ष रुपमा बैठकमा सहभागि भएका थिए । काठमाडौं उपत्यका बाहिर र उपत्यकामै भएर पनि लक डाउनका कारण सिंहदरबार आउन नसकेका सांसदहरु भर्चुअल रुपमा बैठकमा सहभागि भएका थिए ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा पुर्वसचिव सुशील घिमिरे नियुक्त

Wed Apr 15 , 2020
सरकारले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा पूर्व पर्यटनसचिव सुशील घिमिरेलाई नियुक्त गरेको छ । तीन महिनादेखि रिक्त रहेको कार्यकारी अध्यक्ष पदमा सरकारले घिमिरेलाई नियुक्त गरेको हो । घिमिरेलाई मंगलबारको मन्त्रीपरिषदको बैठकले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरेको बुझिएको छ । तत्कालिन अध्यक्ष मदन खरेल राजिनामा दिएर सुटुक्क विदेशतिर लागेपछि […]