आगामी वर्ष अर्थतन्त्रका लागि चुनौतिपूर्ण छः गभर्नर

विप्रेशणमा २० प्रतिशत भन्दा बढी संकुचन आउन सक्ने भनाइ

आगामी वर्ष अर्थतन्त्रका लागि चुनौतिपूर्ण रहेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताउनुभएको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट विश्व अर्थतन्त्रमा पार्ने प्रभावस“गै नेपालको अर्थतन्त्र पनि निकै चुनौतिपूर्ण रहने गभर्नर अधिकारीले बताउनुभएको छ । मंगलबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको बैठकमा सहभागि हुनुभएका गभर्नर अधिकारीले विप्रेषण आप्रवाह कम हुने, पर्यटन आय शुन्य हुने, वैदेशिक लगानीमा संकुचन आउने भएकाले अर्थतन्त्रमा चुनौति थपिएको बताउनुभयो । उहाले विप्रेशणमा २० प्रतिशत भन्दा बढी संकुचन आउन सक्ने बताउनुभयो ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिले लिएका अधिकांश लक्ष्यहरु पुरा नहुने स्थिति आइसकेको गभर्नर अधिकारीले बताउनुभयो । उहाँले कोभिड सुरु भएयता वित्तीय क्षत्रको ऋण र निक्षेप बढ्न नसकेको बताउनुभयो । यस्तै अन्तरिक आपूर्ति प्रणालीलाई सुदृढ बनाउन नसकेमा मूल्यमा समेत दवाव पर्ने उहाँले बताउनुभयो । उहाले वित्तीय क्षेत्रको स्थायीत्वका लागि अर्थतन्त्रमा आउने संकुचनलाई ध्यान दिएर वित्तीय स्रोतहरुलाई परिचालन गर्ने र उत्पादनको क्षेत्रमा लगानी बढाउने र रोजगारी प्रवद्र्धन हुने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने सम्बन्धमा तयारी थालिएको समेत उहाले बताउनुभयो ।
प“ँच करोड भन्दा बढी कर्जा लिने ग्राहकहरुको अवस्था अध्ययन गरी विवरण तयार गर्न बैंकहरुलाई निर्देशन दिइएको समेत गभर्नर अधिकारीले बताउनुभयो । उहाँले कोभिडका कारण वित्तीय क्षेत्रमा ठूलो असर नपरोस भन्नका लागि क्लोजली मोनिटरिङ गर्ने व्यवस्था गरिएको समेत बताउनुभो । समग्र अर्थतन्त्रमा परेको असर, बैंक तथा वित्तीय क्षेत्रमा परेको असर लगायतका विषयमा छुट्टाछुट्टै अध्ययन गरी राष्ट्र बैंकले दिने सुविधा तयार गर्न खोजिएको गभर्नर अधिकारीले बताउनुभयो ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लकडाउन लगायतका विषयलाई लिएर प्रधानमन्त्री समेतको उपस्थितिमा बैठक बस्दै

Tue May 5 , 2020
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक मंगलबार पनि बस्दैछ । लकडाउनको मोडालिटीबारे छलफल हुने उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागि हुने छन् । हिजोे सोमबार बसेको समितिको बैठकले लकडाउन मोडालिटीबारे निर्णय गर्न नसकेपछि समितिले प्रधानमन्त्री सहितको बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे […]