कोरोना प्रभावित सबै क्षेत्रलाई सम्बोधन गरेको नेकपा उपनेता सुवासचन्द्र नेम्वाङको दाबी

प्रतिनिधिसभा : अन्तराष्ट्रिय सिमा नाकाबारे पहिलो पटक नीति तथा कार्यक्रममा

नेकपाका उपनेता सुवासचन्द्र नेम्वाले सरकारले ल्याएको नीति तथा कार्यक्रमले कोरोनाले प्रभावित बनेका सबै क्षेत्रलाई सम्बोधन गरेको दाबी गर्नुभयको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारको नीति तथा कार्यक्रमले समय सापेक्ष मुलुकको आवश्यकता र प्राथमिकतालाई सम्बोधन गरेको भन्दै उपनेता नेम्वाङ्गले सरकारको सरकारको बचाउ गर्नुभएको हो । उहाँले सरकारले कोरोनाले प्रभावित बनेका सबै क्षेत्रलाई सम्बोधन गरेको दाबी गर्नुभयो । कोरोनाले पारेको नकारात्मक प्रभावलाई सम्बोधन गर्ने क्रममा सरकारले निरोगी नेपालको निर्माण गर्ने प्रतिवद्धता जाहेर गरेको उहाँले स्पष्ट पार्नुभयो ।
त्यसैगरी स्वदेशी वस्तुको प्रयोग गरौ, स्वच्छ नेपाल, सम्मृद्धिका लागि बन तथा १ सय ७२ बुँदामा ३ बर्ष भित्र खानेपानी पुर्याउने, १ सय ९३ मा तीन बर्ष भित्र सबै घरहरु जस्तापाताको बनाउने लगायत कार्यक्रमले नागरिकको जीवनस्तर उकास्ने जिकिर उहाँले गर्नुभयो ।
उहाँले सरकार अधिनायकवादी नभएको जिकिर पनि गर्नुभयो । अधिनायवादी भयो भनेर समय समयमा आएको टिप्पणीको उत्तर दिदै सरकारले नीति तथा कार्यक्रममा लोकतन्त्रका आधारभूत प्रतिवद्धताहरुलाई जाहेर गरेको पनि उहाँले स्पष्ट पार्नुभयो ।भुकम्पले क्षतविच्छेद भएको बेला दुई छिमेकीले नेपालको लिम्पियाधुरालाई व्यापारीक नाकाको रुपमा अगाडि बढाउने भनेर सहमति गरेको स्मरण गर्दे उहाँले त्यो सहमतिलाई कुनै पनि अवस्थामा स्वीकार गर्न नसकिने बताउनुभयो । उहँले लिपुलेक कालापानी नेपालको भूमि भएको भन्दै यी भूमि राखेर तुरुन्तै नक्सा जारी हुने बताउनुभयो ।

उहाले अन्तराष्ट्रिय सिमा नाकाबारे पहिलो पटक नीति तथा कार्यक्रममा समावेश भएको उल्लेख गर्दे निराशा बाड्ने काम नगर्न सबैलाई आग्रह गर्नुभयो ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रतिनिधिसभा, नीति तथा कार्यक्रम छलफल

Mon May 18 , 2020
कोरोना रोकथाम तथा महामारी नियन्त्रणका लागि सरकारले काम गर्न नसकेको भन्दै प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरिएको छ । नीति तथा कार्यक्रममाथिको छलफलमा प्रतिपक्षी दलका सांसद दिव्यमणिराज भण्डारीले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले प्राथमिकताका साथ काम गर्न नसकेको भन्दै राजीनामा दिएर मार्गप्रशस्त गर्न माग गर्नुभएको हो […]