नागढुंगामा निर्माण गरिएको डिसइन्सफेक्सन टनेल सञ्चालनमा

सवारी साधनलाई डिसइन्फेक्सन गर्न टनेल निर्माण भएको भनाइ

काठमाडौं भित्रिने मुख्य नाका नागढंगामा निर्माण गरिएको डिसइन्सफेक्सन टनेल सञ्चालनमा आएको छ । काठमाडौं भित्रिने सवारी साधनहरुबाट कोरोना संक्रमणको जोखिम कम गर्न नाकामा डिसइन्फेक्सन टनेल निर्माण गरिएको हो ।

सवारी साधनलाई डिसइन्फेक्सन गर्ने संयन्त्रको रुपमा टनेल निर्माण भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनुभयो । नागढंगामा सुन्दर यातायातको सहयोगमा निर्माण भएको हो । उपत्यका भित्रिने अन्य नाकाहरु फर्पिङ, मुड्खु र जगातीमा टनेल निर्माणका लागि अध्ययन भइरहेको उहाले बताउनुभयो । प्रजिअ दाहालले यात्रुहरुलाई उपत्यका प्रवेश निषेध गरिएको उहाँले बताउनुभयो । मालबाहक सवारीबाट सुरक्षाजोखिम रहेकाले नाकामै डिसइनफेक्सन गरेर भित्र्याउने गरिएको प्रजिअ दाहालले बताउनुभयो ।

सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले सवारीमा भएको किटाणु निष्कृय पार्नका लागि टनेल निर्माण भएको बताउनुभयो । छिमेकी भारतबाट ठूलो संख्यामा मालबाहक सावरी भित्रिने भएपछि जोखिम रहेको भन्दै उहाँले डिसइनफेक्सन गरेर मात्रै उपत्यका प्रवेशको व्यवस्था मिलाईएको बताउनुभयो । यसले मावन स्वास्थ्यमा भने कुनै असर गर्नेछैन् ।

महानगरिय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकालले लक डाउनको प्रोटोकल अनुसार नाकाबाट भित्रिने र बाहिरिने सवारीको चेकिङ, यात्रुहरुलाई बाहिरिन र भित्रिन नदिने कुरामा विशेष ध्यान दिइएको बताउनुभयो । टनेलको सुरक्षा र सञ्चालन महानरीय प्रहरी प्रभाग नागढुंगाले गर्नेछ । टनेलबाट उपत्यका भित्रिने सबै सवारीलाई डिसइन्फेक्सन पछि मात्रै उपत्यका प्रवेश दिइने छ ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मजदुरलाई सम्बोधन गर्ने गरी बजेट आउनुपर्नेमा सांसदहरुको जोड

Mon May 4 , 2020
साना तथा मझौला उद्योग र असंगठित क्षेत्रका मजदुरलाई सम्बोधन गर्ने गरी आगामी आर्थिक वर्षको बजेट आउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको छलफलमा कोरोनाका कारण साना उद्योग र असंगठित क्षेत्रका श्रमिकहरु संकटमा परेकाले आगामी बजेटमा सम्बोधन हुनुपर्ने सांसदहरुले बताएका हुन् […]