पुर्व निर्णयानुसार पारिश्रमिक दिन नसकिने भन्दै सरकारसँग गुहार लगाउदै FNCCI र CNI एकैठाँउ

FNCCI र CNI संयूक्त विज्ञप्ति मार्फत ५० प्रतिशत भन्दा बढी पारिश्रमिक भुक्तानी गर्न कठिन भएको बताउदै

विश्वभर फैलिएको कोभिड १९ को महामारीको रोकथाम गर्न नेपाल सरकारले देशभर लागू गरेको लकडाउनको कारण सम्पूर्ण उद्योग व्यवसाय क्षेत्र ठप्प हुन गएको स्थितिमा उद्योग व्यवसाय क्षेत्रले विभिन्न समस्याका साथै आफ्ना श्रमिकहरूलाई पारिश्रमिक भुक्तानी गर्न समेत अप्ठ्यारो परेको नेपाल उधोग बाणिज्य संग र नेपाल उधोग परिसंघले संयूक्त विज्ञप्ति मार्फत जनाएको छ ।

अहिलेको परिस्थितिमा उद्योग व्यवसाय क्षेत्रले अधिकतम ५० प्रतिशत भन्दा बढी पारिश्रमिक भुक्तानी गर्न अत्यन्त कठिन भएको बताउदै सिएन आइ र एफएनसिसिआइले श्रमिकको पारिश्रमिक सम्वन्धमा नेपाल सरकारले गरेका निर्णयहरू कार्यान्वयन गर्न ठूलो समस्या रहेको उल्लेख गरेको छ ।
श्रमिकहरूको पारिश्रमिक भुक्तानी सम्वन्धमा महासंघ लगायत नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका निजी क्षेत्रका संस्थाहरूको तर्फबाट मिति २०७७ वैशाख १० गते नेपाल सरकार समक्ष पेश गरिएको संयुक्त सुझाव समेतलाई ध्यानमा राखि उद्योग र श्रमिक दुवैको बचाउ गर्नुपर्ने भएकाले निजी क्षेत्रको तर्फबाट प्रस्तुत सुझाव कार्यान्वयन गर्न सहज हुने गरी नेपाल सरकारले श्रमिकको पारिश्रमिक भुक्तानी सम्वन्धमा गरेका निर्णयहरू पुनरावलोकन गर्ने व्यवस्थाका लागि नेपालका सम्पूर्ण निजी क्षेत्रको तर्फबाट नेपाल सरकारलाई गुहारेको छ  ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल लाइफ २०औं वर्षमा प्रवेष 'रातपछि सधैं नयाँ विहानी आउछ' - सिइओ विवेक झा

Mon May 4 , 2020
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको १९ वर्ष पुरा गरी २० औं वर्षमा प्रवेश गरेको छ । वि.स. २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित, सेवाग्राहीहरुलाई निरन्तर  सेवा प्रदान गर्दै आइरहेको छ । देशले भोगिरहेको यस विषम परिस्थितिको सामना गर्न अग्रमोर्चामा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, खाद्यान्यलगायत अत्यावश्यक सामग्री […]