प्रधानमन्त्री ओलीद्धारा संसदको बजेट अधिवेशन छिट्टै बोलाउने जानकारी

नेकपाको सचिवालय बैठकलाई प्रधानमन्त्रीले दिए त्यस्तो जानकारी

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले बैशाख २५ गते स्थायी कमिटि बैठक बोलाउने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बैशाख २५ गते स्थायी कमिटि बैठक बोलाउने निर्णय गरेको हो । सचिवालय बैठकले निकालेका निष्कर्ष, पार्टीको अहिलको अवस्था र आगामी कार्यदिशाका बारेमा स्थायी कमिटि बैठकमा गम्भिर छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । त्यसअघि बैशाख २४ गते दिउँसो ३ बजे सचिवालय बैठक बोलाइएको छ ।
सचिवालय बैठकले पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई प्रतिनिधिसभामा लैजाने निर्णय पनि गरेको छ । उपयुक्त समय हेरेर उपाध्यक्ष गौतमलाई प्रतिनिधिसभामा लैजाने निर्णय पनि बैठकले गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

गौतमलाई प्रतिनिधिसभामा लैजाने निर्णय सचिवालयले गरेपनि पार्टीमा वरिष्ठ नेता माधव कुमार नेपाललाई तेस्रो अध्यक्षका रुपमा अगाडी बढाउने प्रधामन्त्री ओलीको प्रस्तावमा भने कुनै निर्णय भएन् । नेता नेपाल नै उक्त प्रस्तावमा असहमत भएकाले कुनै निर्णय नभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । पार्टीभित्र देखिएका समस्या र संकटलार्ई समाधान गर्ने गरी एकतावद्ध भएर पार्टीएकताको पक्षमा दृढ रहने संकल्प बैठकले गरेको छ । बैठाले पार्टीलाई कमजोर पार्ने र गुटलाई बलियो बनाउने कुनै पनि कुरामा सामेल नहुन पार्टीका सम्पूर्ण सदस्यलाई सचिवालयले निर्देशन दिएको उहाँले बताउनुभयो । पार्टीलाई एकतावद्ध गरेर नीति र विधिअनुसार अगाडी बढ्ने विषयमा सचिवालय सदस्यहरु एकमत भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

पार्टीको नीति, निर्देशन र मार्गचित्र अनुसार सरकार सञ्चालन गर्नुपर्ने र सरकारले गर्ने हरेक निर्णयहरुका विषयमा पार्टीभित्र छलफल हुनुपर्ने कुरामा पनि सचिवालय सदस्यहरु एकमत भएका छन् । बैठकमा प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड लगायत सचिवालय सदस्यले आफ्ना कमि कमजोरी सच्याएर आगाडी बढ्नेगरी आत्मालोचना गरेको उहााले बताउनुभयो । अहिलेसम्म पार्टी र सरकार सञ्चालनमा भएका कमि कमजोरी सच्याएर अगाडी बढ्ने विषयमा प्रधानमन्त्री सकारात्मक हुनुभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । सबै नेताहरु आफ्नो जिम्मेवारी अनुसार सकारात्मक ढंगले अगाडी बढ्ने संकल्प लिएको उहँले बताउनुभयो

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको बजेट अधिवेशन छिट्टै बोलाउने विषयमा पनि जानकारी गराउनुभएको थियो । सरकारले आगामी वर्षका लागि प्रस्तुत गर्ने नीति तथा कार्यक्रम र बजेटका विषयमा पनि पार्टीभित्र छलफल गर्ने र जनादेश अनुसार सरकार अगाडी बढ्नुपर्ने निष्कर्ष पनि बैठकले निकाले उहाले बताउनुभयो । सचिवालय बैठकले देश कोरोना महामारीसग लडिरहेको सन्दर्भमा सम्पूर्ण राजनीतिक दल र पार्टीका नेताहरुलाई एकजुट भएर अगाडी बढ्न आग्रह गर्ने पनि निर्णय गरेको छ ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सेभ द चिल्ड्रेनद्धारा सरकारलाई विभिन्न स्वास्थ्य सामग्रीहरु उपलब्ध

Sun May 3 , 2020
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सेभ द चिल्ड्रेनले सरकारलाई विभिन्न स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको छ । सेभ द चिल्ड्रेनले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुक्त ढकाललाई पीपीई लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएको हो । सेभ द चिल्ड्रेनले १ हजार ७ सय ४३ थान पीपीई सहित एन ९५ मास्क लगायतका […]