राष्ट्रियताको सवालमा मर्न र मार्नका निम्ति तयार छु : भूमि मन्त्री अर्याल

अर्यालले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूभाग होइन भनेर कहिं कतै नबोलेको प्रष्टीकरण दिनु भएको छ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूभाग होइन भनेर कहिं कतै नबोलेको प्रष्टीकरण दिनु भएको छ ।

 

उहाँले आफुले त्यस क्षेत्र नेपालको हो भन्ने सबुत प्रमाण जुटाउन महत्वपूर्ण भूमिका खेलेको व्यक्ति भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘मैले कहिल्यैपनि कहिं पनि लिम्पियाधुरा, कालापानी लिपुलेक नेपालको भूभाग होइन भनेको छैन् । र यो मन्त्रालयमा आइसकेपछि बरु हामी सित नभएका प्रमाणहरु कहाँ प्राप्त गर्न सकिन्छ त्यसको खोजि निति गर्ने प्रमाणहरु संकलन गर्ने र यथेस्ट प्रमाणहरु जुटाउने कुरामा मैले महत्वपूर्ण भूमिका खेलेको छु ।’ मन्त्री आर्यालले २०३२ सालनमा प्रकाशित गरिएको नेपालको नक्सा प्रचलनमा आएको र उक्त नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेक नरहेको तितो यथार्थ भएको कुरा भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘जहाँसम्म नक्साको कुरा हो ३२ सालको हामीले अहिले प्रचलनमा आएको नक्सा छ । त्यो नक्सामा छैन यो तितो सत्य हो । मैले नचाहेर पनि तितो सत्य यो दुनियाको अगाडि छर्लङ्ग भएको विषय हो ।’

 

राष्ट्रियताको सवालमा आफु मर्न र मार्नका निम्ति तयार रहेको भन्दै कहिं कतै खुट्टा कमाउँछन कि भन्ने आशंका नगर्न समेत मन्त्री आर्यालले आग्रह गर्नुभयो । बैठकमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सुघौली सन्धीले तय गरेको सीमा भित्रको अखण्ड नेपाल हामीले चाहेको तर विभिन्न कारण इतिहासमा भएका कमजोरीका कारण अहिले पनि समस्या रहदै आएको बताउनुभयो । उहाँले भन्नुभयो ‘इतिहासमा रहदै आएका कमजोरीको कारणले आज यो समस्या बल्झिरहेको, कचल्टिरहेको एउटा घाउको रुपमा देखा परेको छ । हामी असर छिमेकीपनका आधारमा कुटनीतिक माध्यमबाट यो समस्या समाधान गर्न चाहन्छौं ।’

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोराना संक्रमितको संख्या २१७ पुग्यो

Wed May 13 , 2020
रूपन्देहीमा ९ र कपिलवस्तुमा ८ संक्रमित छन् । महोत्तरी, धनुषा र भक्तपुरमा २/२ तथा काठमाडौं, बारा र सर्लाहीमा १/१ जनामा संक्रमण पुष्टि भएको छ । यी सबैसहित मुलुकमा कुल संक्रमितको संख्या २ सय १७ पुगेको छ । विभिन्न जिल्लाहरूमा संक्रमण बढेसँगै लकडाउन उल्लंघन गर्दै राजधानी भित्रिनेहरूको संख्या पनि बढेको छ । मंगलबार मात्रै पर्सामा […]