सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि सांसदहरुको मिश्रित प्रतिक्रिया

नीति तथा कार्यक्रम

प्रतिनिधिसभाका सांसदहरुले सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि मिश्रित प्रतिक्रिया दिएका छन् । सोमबार नीति तथा कार्यक्रमको छलफलमाथि भाग लिँदै प्रतिपक्षी दलका सांसदहरुले जन अपेक्षा अनुसार नीति तथा कार्यक्रम नआएको बताएका छन् ।
समाजवादी पार्टीकी सांसद रेणु कुमारी यादवले कोरोनाबाट ज्यान गुमाएकी महिलाको शव सरकारले उठाउन नसकेको भन्दै आलोचना गर्नुभएको छ । नीति तथा कार्यक्रममाथिको छलफलमा आफ्नो धारणा राख्दै उहाँले नेताहरुले ठूला कुरा गरेपनि कोरोना महामारीको संकटसँग जुट्ने हिम्मत नगरेको बताउनुभयो ।

प्रतिपक्षी दल कांग्रेसका सांसद प्रकाशमान सिंहले राष्ट्रिय सुरक्षाका लागि खटिनुपर्ने नेपाली सेना सडकमा खटिएर जनतालाई अपमानित गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, सरकारले के गर्न खोजेको ? राष्ट्रिय सुरक्षामा लगाउनुपर्ने सेनालाई किन ? शान्ति सुरक्षामा त प्रहरीलाई लगाउनुपर्ने हो नी । किन यस्तो भइरहेको छ । जनतलाई किन अपमानित गरिरहेको छ । सरकारको नियत के हो ? भन्ने कुराबाट हामी सजग हुनुपर्छ । सुगौली सन्धी अनुसार सम्पूर्ण भूमि समेटेर नेपालको नयाँ नक्सा छिटो जारी गर्नुपर्ने उहाँले बताउनुभयो ।
नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसीलाई सत्तारुढ दलले आफ्नो आन्तरिक विवादको विषय बनाएको बताउुनभएको छ । आन्तरिक विवादको विषय नबनाएर यसलाई संसदमा पेश गरी थहन छलफल गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले अबको बजेट रोग र भोकबाट जनतलाई जोगाउनमा केन्द्रीत हुनुपर्ने बताउनुभयो ।
उहाँले मजदुर, श्रमिक र विपन्न किसानहरुलाई एक महिनाको ५ हजारका दरले तीन महिनासम्मको १५ हजार रुपैयाँ दिनुपर्ने बताउनुभयो । छिटो प्रतिफल दिनेगरी योजनाहरु सम्पन्न गर्न सरकारको ध्यान केन्द्रीत हुनुपर्ने उल्लेख गर्दै उहाँले लिम्पियाधुरा, लिपुलेक र कालापानीको समस्या कुटनीति पहलबाट समामाधान गर्नुपर्ने र सो कुरा संसदमा जानकारी गराउनुपर्ने उहाले बताउनुभयो ।

राष्ट्रिय जनता पार्टी राजापाका सांसद सरतसिंह भण्डारीले महामारी रोकथाम भन्दापनि नयाँ रेकर्ड कायम गर्ने भूत सरकारमा सवार भएको बताउनुभयो । नीति तथा कार्यक्रममा महामारी रोकथाम, नियन्त्रण र यसबाट प्रभावित क्षेत्रहरुका विषयमा आउनुपर्ने भएपनि त्यसो हुन नसकेको उहाँले बताउनुभयो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद शेरबहादुर तामाङले गा“जा खेतीलाई कृषिसँग जोड्न सके आर्थिक उपार्जनको बाटो खुला हुने बताउनुभयो । स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै कृषिलाई दोस्रो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रियसभाकोे बैठकमा सत्तापक्षका सांसदहरुद्धारा सरकारको नीति तथा कार्यक्रमको बचाउ

Mon May 18 , 2020
राष्ट्रियसभाकोे बैठकमा सत्तापक्षका सांसदहरुले सरकारको नीति तथा कार्यक्रमको बचाउ गरेका छन् भने विपक्षी दलले सुधारको माग गरेका छन् । सोमबारको राष्ट्रियसभाको बैठकमा आगामी बर्षका लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुदै सत्तापक्षका सांसदहरुले नीति तथा कार्यक्रमको स्वागत गरेका छन् । उनीहरुले मुलुकको आवश्यकता अनुसार कार्यक्रम आएको भन्दै सरकारको बचाउ […]