नीजि प्रयोगशालाहरुले पनि कोरोना परीक्षण गर्न पाउने

सरकारले अब नीजि प्रयोगशालाहरुले पनि कोरोना परीक्षण गर्न पाउने बाटो खुला गरेको छ । पीसीआर परीक्षणका लागि आवश्यक प्रकृया पुरा गरी नीजि प्रयोगशालाले पनि परीक्षण गर्न पाउने प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर टेस्टका लागि संकलन भएका नमुना आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि जा“च्न दिइनेछ । यसरी जाच गर्दा लाग्ने खर्च सरकारले व्यहोर्नेछ । सरकारले कोरोना परीक्षणका लागि देशका २० भन्दा बढी ठाउँमा प्रयोगशालाको व्यवस्था गरेको छ । तर सरकारी मापदण्डअनुसार नै कोरोना परीक्षण गर्नुपर्ने नागरिक धेरै भएपछि ती प्रयोगशालाको क्षमता भन्दा बढी नमुना संकलन भएका छन् ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन

Mon Jun 15 , 2020
प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय बन्द हुदा बालबालिकाको सिकाइमा क्षति हुन नदिन वैकल्पिक सिकाई प्रक्रियाको सुरुवात गरिएको बताउनुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज (सोमबार)बाट सुरु गरेको वैकल्पिक सिकाई प्रविधिको शुभारम्भको घोषणा गर्दै प्रधानमन्त्री ओलीले बालबालिकाको सिकाईमा क्षति हुन नदिने बताउनुभएको छ । उहँले आधुनिक प्रविधिको उपयोग गरी […]