नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुग्यो

नेपालमा आइतबार कोरोना भाइरस (कोभिड—१९) का ४ सय ६३ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशका विभिन्न २२ वटा प्रयोगशालामा भएको परीक्षणमा ४ सय ६३ जनामा संक्रमण पोजेटिभ देखिएको हो । यो सगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । आजसम्म ११ हजार २ सय ९८ जना पुरुष र १ हजार ४सय ७४ जना महिलामा संक्रमण देखिएको छ ।

पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ६२ गरी आजसम्म २ लाख १५ हजार ८ सय ३९ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट पछिल्लो २४ घण्टामा २ हजार ७ सय ३२ गरी आजसम्म २ लाख ९६ हजार ७ सय ६६ जनाको परीक्षण भएको छ । आज देशभरीका विभिन्न क्वारेन्टिनमा क्वारेन्टिनमा ६१ हजार ७ सय ३१ जना रहेका छन् । यस्तै ९ हजार ७ सय ३१ जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचार भइरहेको छ । आइतबारसम्म ३ हजार १३ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नक्सा जारी भएपछि सरकार परिवर्तनको खेल सुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ ।

Sun Jun 28 , 2020
प्रधानमन्त्री केपी शर्मा ओलीले नक्सा जारी भएपछि सरकार परिवर्तनको खेल सुरु भएको बताउनुभएको छ । ६९ औं मदन जन्मजयन्तीका अवशरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिलेका सरकारलाई हटाउन विभिन्न खेल सुरु भएको बताउनुभयो । चीनसगको टान्सपोर्ट सम्झौता गरेपछि आफ्नो सरकारलाई हटाइएको स्मरण गर्दै ओलीले अहिले नयाँ नक्सा जारी गरी संविधान संशोधन […]