भारतीय नागरिकलाई भारतीय राजदूतावासको पहलमा स्वदेश लगिदै

भारतीय सरकारले लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई स्वदेश फिर्ता लगेको छ । विभिन्न काम विशेषले काठमाडौं उपत्यकामा आइ रोकिएका भारतीय नागरिकलाई भारतीय राजदूतावासको पहलमा स्वदेश फिर्ता लगिएको छ । लामो समय जारी रहेको लकडाउनका कारण काठमाडौंमा व्यापार व्यवसाय गर्ने भारतीय नागरिक, धार्मिक भ्रमणका लागि आएका, आफन्त भेटघाटका लागि आएका आफ्ना नागरिकलाई बिहीबार पनि भारत लैजाने व्यवस्था मिलाएको हो । दूतावासका अनुसार सम्पर्कमा आएका आफ्ना नागरिकलाई बस मार्फत लैजाने व्यवस्था गरिएको छ । भारत सरकारले यस अघि पनि नेपमालमा आई विभिन्न ठाउँमा रोकिएर बसेका आफ्ना नागरिकलाई उद्धार गरी प्लेन मार्फत स्वदेश फिर्ता लगेको थियो ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लकडाउनका कारण अवरुद्ध भएको पठन पाठनका लागि विभिन्न विकल्प अघि बढाउन विज्ञहरुको सुझाव

Thu Jun 4 , 2020
कोभिड १९ (नोभल कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले बन्दाबन्दीमा पठनपाठनलाई पनि सहजिकरण गर्दै लैजाने सम्बन्धमा शिक्षा क्षेत्रका विज्ञ र सरोकारवालाहरुसंग परामर्श गरेको छ । विहिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भएको छलफलमा विज्ञहरुले बन्दाबन्दीमा अवरुद्ध भएको पठन पाठनका लागि विभिन्न विकल्प अघि बढाउन सुझाव दिएका छन् । जोखिमको […]

यी समाचार पनि पढ्नुहोस्