समाजमा रहेका सबै किसिमका हिंसा अन्त्यका लागि सरकार प्रयासरत रहेको मन्त्री पार्वत गुरुङको भनाइ

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले समाजमा रहेका ुसबै किसिमका हिंसा अन्त्यका लागि सरकार प्रयासरत रहेको बताउनुभएको छ । संघीय संसद प्रतिनिधि सभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ माथि भएको मन्त्रालयगत शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिदै मन्त्री गुरुङले समाजमा रहको कुसंस्कार, कुरिति र अन्धविश्वास अन्त्य गर्नका लागि मन्त्रालयले विशेष प्राथमिकता दिएको बताउनुभयो । उहाँले महिला, बालबालिका र जेष्ठ नागरिक माथि हुदै आएको व्यवहारमा परिवर्तन गर्ने गरी कार्यक्रमहरु तय भएको बताउनुभयो ।

मन्त्री गुरुङ बालबालिकाको राष्ट्रिय रणनीति तयार गर्ने, महिलामाथि हुने लैङ्गिक हिंसा अन्त्यको लागि महिला आर्थिक सशक्तिकरणमा जोड दिने र जेष्ठ नागरिकलाई सक्रिय बनाई पुस्तान्तरणको रुपमा विकास गर्ने कार्यक्रमहरु आएको बताउनुभयो । अपाङ्गताको क्षेत्रमा पनि फरक क्षमता भएकाहरुको पहिचान गरी परिचयपत्र दिने र सामाजिक सुरक्षाको अनुभूति दिलाउन अपांगतामैत्री वातावरण निर्माण गर्न बजेट केन्द्रीत भएको बताउनुभयो । उहाँले सामाजिक क्षेत्रका कार्यक्रमलाई पनि राष्ट्रिय गौरवको कार्यक्रममा रुपान्तरण गर्ने गरी मन्त्रालयले कार्यक्रमहरु ल्याएको स्पूट पार्नुभयो ।
समाजमा हुने विभेदहरुको अन्त्य गर्न र मर्यादित नेपाल निर्माण गर्नको लागि केही नीतिगत रुपमा सामाजिक रुपान्तरणका विषयहरुलाई पनि समेटिएको बताउनुभयो । उहाँले अपाङ्गता तथा महिला क्षेत्रका ऐनहरुलाई संशोधन गर्ने प्रक्रियाको सुरुवात मन्त्रालयले गरिसकेको समेत बताउनुभयो ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आगामी आर्थिक वर्षदेखि मेलम्चीको बारेमा प्रस्न उठाउने अवस्थाको अन्त्य हुन्छ : मन्त्री बिना मगर

Mon Jun 8 , 2020
खानेपानी मन्त्री बिना मगरले आगामी आर्थिक वर्षदेखि मेलम्चीको बारेमा प्रस्न उठाउने अवस्थाको अन्त्य हुने बताउनुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत खानेपानी मन्त्रालयका विभिन्न शिर्षकमा विनियोजन भएको बजेट माथि उठेका प्रश्नहरुको जवाफ दिदै मन्त्री मगरले मेलम्ची माथि वर्षौंदेखि उठदै आएका प्रश्नको बिटमार्ने समय छिट्टै आउने बताउनुभयो । […]