सामाजिक सञ्जालमा कमेन्ट गरेजस्तो काम गर्न सजिलो छैन ः कृषि मन्त्री घनश्याम भुसाल

कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले सामाजिक सञ्जालमा कमेन्ट गरेजस्तो काम गर्न सजिलो नभएको स्वीकार गर्नुभएको छ । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको बिहीबारको बैठकमा उपस्थित हुनु भएका मन्त्री भुसालले फेसबुकमा कमेन्ट गरेजस्तो काम गर्न सजिलो नभएको बताउनुभयो । उहाँले नेपालमा उत्पादन भएको दुधजन्य वस्तुहरुको विक्री गर्न नसकेको स्वीकर गर्दै कमेन्ट गर्न जस्तो काम गर्न सजिलो नभएको बताउनुभएको हो । उहाले पहिला आफुलाई पनि त्यस्तै लाग्ने गरेको तर अहिले काम गर्न कठिन भइरहेको बताउनुभयो ।

उहाँले किसानलाई उपलब्ध गराउने मलको विषयमा पनि समस्या रहेको बताउनुभयो । अहिले सरकारसँग १५ हजार मेट्रिक टन युरिया र २० हजार टन डिएपी मल छ र साढे पाँच हजार मेट्रिक टन जती पोटास मल रहेको तर त्यतिले नपुग्ने बताउनुभयो । आयातको क्रममा रहेको मल पनि ढुवानीमा समस्या हुँदा ल्याउन नसकिएको बताउनुभयो ।

उहाले कृषि पेशामा लाग्ने किसानहरुको न्यूनतम बचत सहितको आम्दानीको सुरक्षा गर्नु नै कृषि क्षेत्रको लागि सबैभन्दा ठुलो काम हुने बताउनुभयो । उहाँले अनुदान दिएर भन्दा किसानको उत्पादनको बजारीकरण र बचत सहितको आम्दानीको सुनिश्चितता गराउने गरी काम गर्नुपर्ने बताउनुभयो । यस्तै पछिल्लो समय सलह आउने चिन्तामा किसानहरु रहेको भन्दै त्यसको लागि मन्त्रालयले कसरी नियत्रण गर्ने भन्ने सम्बन्धमा समिति गठन गरी अध्ययन गरिएको जानकारी समितिलाई गराउनुभयो ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

म्यानमारमा अलपत्र परेका २६ जना नेपालीलाई उद्दार गरी स्वदेश ल्याइयो

Fri Jun 5 , 2020
म्यानमारबाट २६ जना नेपालीलाई उद्दार गरी शुक्रबार स्वदेश ल्याइएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरी अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि विभिन्न देशमा नेपालीहरु अलपत्र अवस्थामा रहेका छन् । विदेशमा अलपत्र परेका नेपालीलाई उद्दार गर्न दबाब परेपछि सरकारले कार्यविधि तयार गरी नेपाल ल्याउने व्यवस्था गरेको हो । सोही […]