नाईं व्यवसायीहरु आन्दोलित

प्रत्येक नाईं श्रमिकलाई लक डाउन अवधिभर प्रतिमहिना २५ हजारका दरले रकम उपलब्ध गराउनु पर्ने मागसहित व्यवसायीहरु आन्दोलित भएका छन् । लक डाउनका कारण व्यापार व्यवसाय बन्द गर्नु परेकाले लक डाउन अवधिको प्रतिमहिना २५ हजारका दरले रकम दिनुपर्ने माग व्यवसायीहरुले राखेका हुन् । नेपाल नाई ट्रेड युनियनले मंगलबार माइतीघरमा आफ्नो समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउदै प्रदर्शन गरेको छ । तत्काल सम्पूर्ण श्रमिकहरुलाई राहतको व्यवस्था गर्नुपर्ने, लक डाउन अवधिको बैंक ब्याज मिनाहा गर्नुपर्ने र सपल तथा कोठा भाडा पूर्ण रुपमा मिनाहा गर्नुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन । ट्रेड युनियनका अध्यक्ष गजेन्द्र ठाकुरले तत्काल सैलुन र पार्लर खोल्न दिनुपर्ने, लक डाउन अवधिमा प्रतिमहिना २५ हजारका दरले दिनुपर्ने, निःशूल्क देशभरीका श्रमिकहरुलाई पीपीई सेट उपलब्ध गराउनुपर्ने र ५० लाख बराबरको जीवन विमाको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

सरकारले लक डाउनको समय बढाउँदै लगेपछि घर जान पनि नपाएको र व्यवसायम समेत सञ्चालन गर्न नसक्दा समस्या भएको उहाँले बतानुभयो । स्थानीय सरकारहरुले राहत वितरण गरेपनि मतदाता परिचयपत्र साथमा नभएका कारण आफुहरुले पाउन नसकेको उहाँले बताउनुभयो । पटक पटक सरकारलाई आफ्ना समस्या सुनाउँदा पनि सम्बोधन नभएको उहाँले गुनासो गर्नुभयो । १० अर्ब भन्दा बढी रकम रकारले खर्च गरेको बताएपनि आफुहरुले १० रुपैयाँको राहत समेत नपाएको उहाँले बताउनुभयो । आफ्ना मागहरु पुरा नगरे देशव्यापी रुपमा सशक्त आन्दोलन गर्ने तयारी भएको उहाँले बताउनुभयो ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सार्वजनिक यातायात सञ्चालनमा आउन थाले

Tue Jul 14 , 2020
काठमाडौं उपत्यकामा सरकारले तोकेको मापदण्ड अनुसार सार्वजनिक यातायात सञ्चालनमा आउन थालेका छन् । सरकारले विशेष स्वास्थ्य सुरक्षालाई ध्यान दिएर सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो । सोही निर्णय अनुुसार काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका केही यातायात कम्पनीहरुले यातायातका साधन सञ्चालनमा ल्याएका हुन् । महानगर यातायात, मयुर यातायात, संयुक्त यातायात […]