नेकपा स्थायी समिति बैठक

मंगलबार केही समय बसेर १३ गतेसम्मका लागि स्थगित भएको बैठकले मनसुन सुरु भएयता जनजीवन नराम्ररी प्रभावित भएको र राजमार्गहरु समेत अवरुद्ध भएको तर्फ सरकारको ध्यानाकर्षण राएको हो । मनसुन सुरुभएयता प्राकृतिक विपतिका कारण २ सय ३३ जनाको मृत्यु भएको, ९८९ जना बेपत्ता र ९९ जना जना घाइते भएको अवस्थामा उद्धार र राहतको काम प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण भएको नारायणकाजी श्रेष्ठले बताउनुभयो । घाइतेहरुको निः शूल्क र भरपर्दो उपचारको व्यवस्था मिलाउन, घरबार विहिन भएकालाई अस्थायी आवासको प्रवन्ध गर्न र अभिभावक गुमाएका बालबालिकाको संरक्षण गर्न पनि स्थायी समितिले सरकारको ध्यानाकर्षण गराएको छ । बाढी र पहिरोका कारण क्षति पुगेका सडक र पुलहरुको पुर्ननिर्माण गर्न विशेष प्रवन्ध मिलाउन पनि सरकारको ध्यानाकर्षण गराईएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
विहान ११ बजे बस्ने भनिएको आजको बैठक १ बजेपछि मात्रै सुरु भएको थियो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित हुनुहुन्थ्यो । प्रवक्ता श्रेष्ठले कामको चापका कारण प्रधानमन्त्री बैठकमा सहभागि नभएको बताउनुभयो । आजको बैठकमा अरु कुनै विषयमा पनि छलफल नभएको उहाँले बताउनुभएको छ । पार्टी भित्रको विवाद समाधानका लागि छलफल जारी रहेको उहाँले बताउनुभयो । ओलीले प्रधामन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने आवाज पार्टीभित्रै बाट आइरहेको सन्दर्भमा उहाँले बैठकमा उठेका विषयहरुमाथि छलफल गरी निष्कर्षमा पुगिने बताउनुभयो । शनिबार सचिवालय बैठक पश्चात पार्टी अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपतिलाई भेट्न गएको प्रशंगमा उहाँले भन्नुभयो, झुक्याएर कोहीले लैजाँदैन । कोही जाँदैन । उहाँ झुक्याएर लैजाने खालको अध्यक्ष पनि होइन । राष्ट्रपतिलाई भेट्न उहाँ (प्रचण्ड) सितल निवास जानुभएको हो ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

साउन १५ देखि व्यवसाय खोल्ने तयारी गर्न पर्यटन व्यवसायीहरुलाई आग्रह

Wed Jul 22 , 2020
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले साउन १५ देखि व्यवसाय खोल्ने तयारी गर्न पर्यटन व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले साउन १५ देखि होटल, ट्रयाकिङ लागयतका क्षेत्र र भदौ १ देखि अन्तरिक तथा बाह्य उडान सुचारु गर्ने निर्णय गरेकाले व्यवसाय सञ्चालन गर्ने तयारी गर्न आग्रह […]