युवा जनशक्ति लागू औषधमा फसेकाले विकासमा प्रभाव परेको गृहमन्त्रीको भनाइ

गृहमन्त्री रामबहादुर थापाले युवा जनशक्ति लागू औषधमा फसेकाले विकासमा प्रभाव परेको बताउनुभयो । समाजको र राष्ट्रको विकासका लागि युवाहरुको अग्रणी भूमिका हुनेभएपनि लागू औषध सेवनले प्रभाव परेको उहाले बताउनुभयो । लागू औषध प्रयोगकर्ताको सर्वेक्षण प्रतिवेदन २०७६ सार्वजनिकीकरण कार्यक्रममा गृहमन्त्री थापाले युवाशक्ति सबल, सक्षम र स्वस्थ भए समाज र राष्ट्रको विकासमा अग्रणी भूमिका खेल्ने बताउनुभयो । प्रयोगकर्ताहरुको जीवनरक्षाका लागि यसको रोकथाम अनिवार्य भएको उहाँले बताउनुभयो । मानव सभ्यता र संस्कृतिको रक्षा, समाज र राष्ट्र विकासका लागि लागू औषध नियन्त्रण जरुरी रहेको उहाँले बताउनुभयो ।

गृहमन्त्री थापाले विश्वमहामारीका रुपमा फैलिएको कोरोना जस्तै लागू औषध प्रयोगकर्ताहरु रहेको बताउनुभयो । कोरोना जस्तै संक्रामक रोगको रुपमा यो फैलिदै गएको उल्लेख गर्दै थापाले यसको नियन्त्रणका लागि एकतावद्ध भएर योजनावद्ध रुपमा लगाडी बढ्नुपर्ने संकल्प लिनुपर्ने बताउनुभयो । मन्त्रालयले योजना नै बनाएर लागू औषध विरुद्धको अभियान सुरु गरेको उहाँले बताउनुभयो ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सरकारले पर्याप्त रोजगारी सिर्जना गर्न सके लागूऔषध नियन्त्रणमा ठूलो सहयोग पुग्नेएक अध्ययनले देखायो

Tue Jul 7 , 2020
सरकारले पर्याप्त रोजगारी सिर्जना गर्न सके लागूऔषध नियन्त्रणमा ठूलो सहयोग पुग्ने एक अध्ययनले देखाएको छ । झण्डै ४० प्रतिशत व्यक्तिले बरोगजारीका कारण लागूऔषध प्रयोग गर्ने गरेकोले सरकारले रोजगारी सिर्जनाका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने अध्ययनले देखाएको छ । सीमानाकामा चेकजा“च बढाउने, सचेतना कार्यक्रम गर्ने, निःशूल्क उपचारको व्यवस्था गर्ने र सीप विकासका […]