साझा यातायातले आज देखि सुरु गयो बस सेवा

साझा यातायातले आज देखि काठमाडौं उपत्यकामा बस सेवा सञ्चालन गरेको छ । नेपाल सरकारले तय गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई उपत्यकाका सबै रुटमा बस सेवा सञ्चालन गरिएको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले बताउनुभयो । पाण्डेले साझा यातायात सञ्चालन हुँदै आएका रुटमा २६ वटा बस बिहान साढे ७ बजेदेखि साँझा ७ बजे सम्म सञ्चालन हुने बताउनुभयो । साझाका बसहरु बेलुका ग्यारेजमा आएपछि पूर्ण रुपमा सफा गरिने र बिहान सडकमा निकाल्नु अघि निर्मलिकरण गरिने उहाँले बताउनुभयो । बस चालक र सहचालकले अनिवार्य मास्क, पञ्जा र स्यानिटाइजरको प्रयोग गरी सुरक्षा सावधानी अपनाउने पाण्डेले बताउनुभयो ।

साझा बसमा यात्रुले अनिवार्य मास्क तथा स्यानिटाइजरको प्रयोग गर्नुपर्ने छ । यस्तै बस भाडाका लागि खुद्रा पैसाको व्यवस्था पनि यात्रु आफैले गर्नुपर्ने पाण्डेले बताउनुभयो । साझा यातायातले सरकारले तोके अनुसार साविकको भन्दा ५० प्रतिशत बढी भाडा उठाउनेगरी बस सेवा सुचारु गरेको हो । साझा यातायातले लगनखेलबाट गोदावरी, थानकोट, लामाटार, बालाजु, बुढानिलकण्ठ, सुर्यविनायक लगायतका रुटमा बस सञ्चालन गरेको छ ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

औषधि उत्पादक संघको आन्दोलन जारी

Thu Jul 16 , 2020
औषधि र औषधिजन्य वस्तुको आयातलाई प्रोत्साहन गर्ने गरि गरिएको निर्णय फिर्ता लिन माग गर्दै नेपाल औषधि उत्पादक संघको आन्दोलन जारी रहेको छ । स्वदेशी उद्योगलाई मात्र भार पर्ने गरी कच्चापदार्थको आयात सिफारिसमा असामान्य रुपमा १२ गुणा वृद्धि गरी विदेश आयातलाई प्रोत्साहन गर्न गरिएको निर्णय फिर्ता लिन माग व्यवसायीहरुको छ । […]