सितापाइलामा युवतीमाथि एसिड प्रहार गर्ने २ जनालाई पक्राउ गरी सार्वजनिक

काठमाडौंको सितापाइलामा युवतीमाथि एसिड प्रहार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । बिहीबार साँझ करिब ८ बजेटतिर युवतीमाथि एसिड प्रहार गर्ने २ जनालाई महानगरीय प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धानको टोलीले गएराति नै पक्राउ गरेको थियो । पक्राउ परेका रौतहटको लक्ष्मीपुर घर भइ डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मदलाई पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो । आलम डल्लुमा गारमेन्ट सञ्चालन गरेर बस्दै आएका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार पीडित युवतीका दिदि सोही गारमेन्टमा काम गर्दै आएकी थिइन् ।

पीडित युवति पवित्रा कार्कीले पनि केही समय सोही गारमेन्टमा काम गरेका कारण उनीहरुको पहिले देखि चिनजान रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । अभियुक्त आलमले युवतीलाई आफ्नो प्रभावमा पारेर अनुचित व्यवहार गर्न खोजेको अनुसन्धानबाट देखिएको उहाँले बताउनुभयो ।
अहिले युवती खतरामुक्त छिन् । यद्यपी चोट भने गम्भिर रहेको छ । उनको कीर्तिपुरमा उपचार भइरहेको छ । लक डाउन खुलेपछि आपराधिक घटना बढ्न सक्ने भन्दै उपत्यकामा व्यापक प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो । नागरिकको सहयोगले मात्रै यस्ता घटनाहरु नियन्त्रण गर्न सकिने भएकाले प्रहरीलाई सहि सूचना दिएर सहयोग गर्न उहाँले सबैमा आग्रह समेत गर्नुभएको छ ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बालबालिकाका समस्या बुझ्न र उनीहरुको अधिकार सुनिश्चित गर्न बालबालिका स”ग छलफल गर्न विज्ञहरुको सुझाव

Fri Jul 24 , 2020
बालबालिकाका समस्या बुझ्न र उनीहरुको अधिकार सुनिश्चित गर्न बालबालिकासँग सिधा छलफल गर्न विज्ञहरुले सांसदहरुलाई सुझाव दिएका छन् । प्रतिनिधि सभा अन्तर्गतको महिला तथा समाजिक समितिको शुक्रबारको बैठकमा विज्ञहरुले बालबालिकाका समस्या बुझ्न र उनीहरुको अधिकार सुनिश्चित गर्न बालबालिका सँग छलफल गर्न सुझाव दिएका हुन् । अधिवक्ता एवं काठमाडौं विश्व विद्यालयका भिजिटिङ […]