होटल व्यवसाय छिट्टै सञ्चालनमा आउने पर्यटनमन्त्रीको भनाइ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले होटल व्यवसाय छिट्टै सञ्चालनमा आउने बताउनुभएको छ । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भट्टराई कोरोना संक्रमण जोखिमको अवस्था हेरेर व्यवसाय सञ्चालनका लागि आवश्यक छलफल भइरहेको बताउनुभयो । अहिलेको पर्यटक÷ग्राहक नै आउन नसक्ने अवस्थामा होटल सञ्चालन गरेर मात्रै नहुने उहाँले बताउनुभयो । व्यवसायीहरुले सञ्चालन अनुमतिका लागि पटक पटक आग्रह गरेपनि छलफल चलिरहेको उहाँले बताउनुभयो । भोली होटल सञ्चालनमा आएपछि कसरी सतर्कता अपनाउने भन्ने विषयमा पर्यटन बोर्डसँग मिलेर काम भइरहेको उहाँले बताउनुभयो । व्यवसायीहरुले होटल सञ्चालनका लागि आवश्यक प्रोटोकल तयार गरेर आए छलफल गर्न सकिने उहाँले बताउनुभयो ।

एयरलाइन्सहरुले पनि आवश्यक प्रोटोकल बनाएका छन् । तर सञ्चालनका लागि केही समय अझै लाग्ने उहाँले बताउनुभयो । होटल र एयरलाइन्ससँग अरु कुराहरु पनि जोडिएको उहाँले बताउनुभयो । कोरोना संक्रमणको ग्राफ बढ्दै गइरहेको उल्लेख गर्दै उहाँले अरु देशहरुको तथ्याङ्क अध्ययन गर्दै पर्यटन क्षेत्रका व्यक्तिहरुसँग सल्लाह गरी छिट्टै सञ्चालनका लािग सीसीएमसीमा प्रस्ताव लिएर जाने उहाँले बताउनुभयो ।

मन्त्री भट्टराईले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्पूर्ण काम आगामी डिसेम्बर २० सम्म सम्पन्न हुने बताउनुभयो । निर्माणको काम सकिएपछि करिब तीन महिना सञ्चालनको पूर्व तयारी गरी व्यवसायीक उडान भर्ने उहाँले बताउनुभयो ।
कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि जारी भएको लक डाउनका कारण पर्यटन क्षेत्रमा ८ लाखको रोजगारीमा असर परेको उहाmँले बताउनुभयो । सरकारी र नीजि क्षेत्रबाट गरी पर्यटन क्षेत्रमा १० खर्ब बढीको लगानी रहेको उल्लेख गर्दै उहाँले साढे २ लाख प्रत्यक्ष र ८ लाख मान्छे आंशिक रुपमा पर्यटन व्यवसायसँग जोडिएको उहाँले बताउनुभयो । कोभिडका कारण कर्मचारीहरुलाई तलब दिनुपर्ने संकट उत्पन्न भएको उहाँको भनाई छ ।

वास्थ्य सामग्री ढुवानीको पैसा ओम्नी समूहले अहिलेसम्म भुक्तानी नगरेको उहाँले बताउनुभयो । चीनबाट स्वास्थ्य सामग्री ल्याउन स्वास्थ्य मन्त्रालयबाट टेण्डर पाएको विवादीत ओम्नी समुहले अहिलेसम्म ढुवानी बाफतको रकम एयरलाइन्सलाई दिएको छैन् । कोरोना पु¥याएको क्षति पछि कसरी पुनस्र्थापना गर्ने भन्ने विषयमा आवश्यक छलफल चलिरहेको उहँले बताउनुभयो । देशको अर्थतन्त्रलाई ध्यानमा राख्दै बजेटमाफर्त ५० अर्बको पुर्नकर्जाका लागि कोष बनाइएको उहाले बताउनुभयो । १ खर्बको अर्को कोष बनाइएको उल्लेख गर्दै उहाले पर्यटन क्षेत्रमा परेको असरलाई कसरी सम्बोधन गर्ने अहिले २० करोडको एउटा कोष बनाइएको बताउनुभयो ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

Fri Jul 3 , 2020
पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले नेपालका पर्यटन व्यवसायी र होटल व्यवसायीलाई पर्यटन विभागमा दर्ता गर्न सूचना जारी गरी प्रोत्साहन गरिएको बताउनुभएको छ । संघीय संसद प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा पर्यटन विभागको चालू आर्थिक वर्षका कार्यप्रगतिबारे सांसदहरुलाई जानकारी गराउँदै सबै होटल व्यवसायी र पर्यटन व्यवसायीलाई विभागमा दर्ता गर्ने प्रणालीको […]