स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ बालिकासहित ३ महिला र ४ पुरुष गरी पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको हो । महोत्तरीमा ४ वर्षिया बालिकाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । यस्तै गोरखामा ६५ वर्षिया र रुपन्देहीमा ६८ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको छ । […]

इष्टर्न एजेन्सी प्रा.लि. आइसरको अधिकृत बिक्रेता रहेको बतास अर्गनाइजेसनले भारतको भोल्भो आइसर कमर्सियल भेइकल लिमिटेडको उत्कृष्ट डिलर अवार्ड प्राप्त गरेको छ । बतास अर्गनाइजेसनले दक्षिण एसियाको उत्कृष्ट डिलरसँगै हेभी ड्युटी ट्रक सेल्स इन ओभरसिजद्व शीर्षकको अवार्डसमेत प्राप्त गरेको छ। सबैभन्दा धेरै परिमाणमा गाडीहरु बिक्री गर्न सफल हुदै अर्गनाइजेसनले उक्त अवार्ड […]

पछिल्लो १२ दिनमा निषेधाज्ञा उलंघन गर्ने करिब १२ हजार सवारी ट्राफिक प्रहरीको कारवाहीमा परेका छन । भदौ तीन गतेबाट आजसम्म ११ हजार ७ सय ७३ सवारी कारवाहीमा परेको ट्राफिक प्रहरीले बताएको छ । उपत्यकामा कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुखजिल्ला अधिकारी सहितको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय […]

कोरोना संक्रमण नियन्त्रणका लागि उपत्यकाका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि निशुल्क बससेवा सुरु गरिएको छ । कोभिड संक्रमणको जोखिम बढेपछि उपत्यकामा लगाइएको निषेधाज्ञालाई मध्यनजर गर्दै पहिलो पंक्तिमा खटिएर सेवा दिइरहेका स्वास्थ्यकर्मीहरुको सुविधालाई मध्यनजर गर्दै निःशुल्क बससेवा सुरु गरिएको हो । भदौ १७ गतेसम्म उपत्यकामा निषेधाज्ञा जारी छ । कोरोना सङ्क्रमण दर […]

काठमाडौं उपत्यकामै सबैभन्दा बढी जाम हुने कोटेश्वर-जडिबुटी सडक खण्ड ८ लेनमा विस्तार गर्ने काम सुरु भएको छ । सडक आठ लेनमा विस्तार भएपछि पीक आवरमा घण्टौसम्म जाममा बस्नुपर्ने बाध्यताको अन्त्य हुनेछन । दक्षिण तिर दुई लेन र उत्तर तिर दुई लेन थप गर्दै सडक फराकिलो बनाउने काम सुरु भएको हो […]

काठमाडौं उपत्यकामा जारी रहेको निषेधाज्ञाको आज १२ दिन पुगेको छ । कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि काठमाडौं उपत्यका तीनवटै जिल्ला प्रशासन कार्यालयले भदौ ३ गते मध्यरात यता निषेधाज्ञा जारी गरेका छन् । निषेधाज्ञाको १२ दिन पुग्दापनि मानिसहरुले निषेधाज्ञालाई पूर्णरुपमा पालना गरेको देखिएको छ । जनजीवन प्रभावित भएपनि मानिसहरु सरकारले जारी […]

बीमा समितिले हाल सम्म ८ लाख ४७ हजार नेपालीको कोरोना बीमा भएको बताएको छ । बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले बीमलेख जारी भएको चार महिनामा ८ लाख ४७ हजार नेपाली नागरिकको कोरोना बीमा भएको बताउनुभयो । त्यसबापत अहिले सम्म ४७ करोड रुपैयाँ बीमा प्रिमियम संकलन भएको पनि अध्यक्ष चापागाईंले बताउनुभयो […]

सय दिनमा एक हजार भेन्टिलेटर उपलब्ध गराउने उद्देश्यका स्थापना भएको नेपाल भेन्टिलेटरसर्भिसेसले शनिबारसम्म २ करोड बढीको सामग्री गरिद गरेको छ । आवश्यकताका अनुसार देशभरी रहेका कोभिड अस्पतालहरुमा निःशुल्क भेन्टिलेटर उपलब्ध गराउने उद्देश्यका साथ स्थापना भएको भेन्टिलेटर बैंंकमा २ करोड भन्दा बढीका सामग्री खरिद भएका हुन । सरकारी अस्पतालमा उपचाररत सिकिस्त […]

निजामती कर्मचारी (सिभिल) अस्पतालका कर्मचारीहरुले सरकारी कर्मचारी सरह तलव सुविधा माग गर्दै आन्दोलन शुरु गरेका छन् । अस्पतालमा कार्यरत कर्मचारीहरुको संगठन निजामती कर्मचारी अस्पताल कर्मचारी संघ’ले कर्मचारीले पाउने तलब, सेवा सुविधा, बीमा लगायत सरकारले तोके अनुसार नभएको भन्दै आज (आइतबार) देखि आन्दोलन शुरु गरेको हो । कर्मचारीहरुले विभिन्न माग लेखिएका […]

कोभिड-१९ महामारीका कारण व्यापार व्यवसाय ठप्प भएपछि ठमेल क्षेत्रका व्यवसायीहरु विस्थापित हुने अवस्थामा पुगेका छन् । पर्यटनमा निर्भर रहेको ठमेल लकडाउन र निषेधाज्ञाका कारण पूर्ण रुपमा बन्द हुँदा व्यापार व्यवसाय पनि ठप्प छ । जसका कारण घरभाडा तिर्न समेत समस्या भएकोले विस्थापित हुने अवस्थामा पुगेको व्यवसायीहरुले बताएका छन् । ठमेल […]