कतार विश्वकप छनोट र एसियन कप छनोट खेल्ने फुटबल टोलीका सबै सदस्यको कोरोना रिपोर्ट नेगेटिभ

कतार विश्वकप छनोट र एसियन कप छनोट खेल्ने राष्ट्रिय फुटबल टोलीका सबै सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । लगनखेल स्थित पाटन अस्पतालमा गत सोमबार र मंगलबार स्वाब संकलन गरेका ३४ खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ आएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको हो । यस्तै प्रशिक्षक, अफिसियल र होस्टलका कर्मचारीसहित ५३ जनाको रिपोर्ट नेगेटिभ आएको जनाएको छ । कोरोना परिक्षण गरिएको ५४ मध्ये एक जनाको भने पुन परिक्षण गर्नु पर्ने एन्फाले बिहीबार जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

नेपालले असोजमा चाईनिज ताईपे र अष्ट्रेलियासँग तथा कात्तिकमा जोर्डनसँग खेल्ने तालिका थियो । तर एसियाली फुटबल महासंघ (एएफसी)ले छनोट खेल अगामी २०२१ सम्म नहुने सूचना जारी गर्दा टोलीको प्रशिक्षण सुरु नभई स्थगित भएको छ । उपत्यका भन्दा बाहिरबाट आएर होटलमा बसेका सबै खेलाडी बिहीबार घर फर्किएका छन् । विश्वकप छनोट र एसियन कप छनोट २०२१ सम्मको लागि स्थगित भएपछि एन्फाले अर्को सूचना प्रकाशित नहुने समयसम्मका लागि प्रशिक्षण स्थगित गरिसकेको छ ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल धितोपत्र बोर्डद्धारा आइपीओमा बुक बिल्डिङ्ग विधि लागू

Thu Aug 13 , 2020
नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ)मा बुक बिल्डिङ्ग विधि लागू गरेको छ । यो विधि मार्फत कुनैपनि कम्पनीले सर्वसाधारणलाई मूल्य बढाबढ गरेर धितोपत्र विक्री गर्न पाउनेछन् । हाल सम्म नेपालमा फिक्स प्राइसिङ विधि र प्रिमियम विधिबाट प्रारम्भिक सार्वजनिक निष्काशन हुँदै आएको छ । फिक्स प्राइसिङ अन्तर्गत लगानीकर्ताले अंकित मूल्य […]