पुरात्वात्तिक महत्वको सम्पदाहरुको पुर्ननिर्माण र संरक्षणमा अहिलेको खरिद प्रकृयाले समस्या

पुरात्वात्तिक महत्वको सम्पदाहरुको पुर्ननिर्माण र संरक्षणमा अहिलेको खरिद प्रकृयाले समस्या गरेको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले बताएको छ । सोमबारबाट सुरु भएको राष्ट्रिय परिसंवादमा प्राधिरकणले प्रस्तुत गरेका सोधपत्रहरुले यस्तो निष्कर्ष निकालेको हो । तीन दिने भर्चुअल परिसंवादमा पुरात्वात्तिक महत्व लगायत विभिन्न ४६ वटा सोधपत्र प्रस्तुत भएका छन । प्रस्तुत सोधपत्रमाथिको छलफलपछि नेपालको खरिद प्रकृयामा समस्या रहेको र त्यसले पुरात्वात्तिव महत्वको पुर्ननिर्माण र संरक्षणमा समेत समस्या गरेको निष्कर्ष निकालेको प्राधिकरणका कार्यकारी समिति सदस्य डा. चन्द्र बहादुर श्रेष्ठले बताउनुभयो । परिसंवादमा रेट्रो फिटिङको खर्च र नयाँ निर्माण गर्दा लाग्ने खर्च कति हुन्छ ? कुन कुन प्रविधिबाट गर्न सकिन्छ ? ग्रामिण इलाका र सहरी इलाकामा घर बनाउँदा आउने समस्याहरु के हुन भन्ने विषय पनि प्रस्तुत भएको उहाँले बताउनुभयो ।

परिसंवादमा आजसम्म नीजि आवास, ग्रामिण इलाका र सहरी इलाकामा नीजि आवास निर्माण, पुरात्वात्तिक महत्वक, विद्यालय, अस्पताल र जीविकोपार्जन सम्बन्धि सोधपत्रमाथि छलफल भएको छ । बिहिबार परिसंवादको अन्तिम दिन रेस्क्यु र सुशासनको सोधपत्रमाथि छलफल हुने उहाँले बताउनुभयो परिसंवादमा प्राप्त सुझावहरुलाई प्राधिकरण रहँदासम्म अल्पकालिन रुपमा कार्यान्वयन गरिने उहाँले बताउनुभयो । १५ औं योजना परिमार्जन गर्दा छलफलमा आएका विषयहरुलाई अल्पकालिन र दिर्घकालिन रुपमा समावेश गर्नेगरी राष्ट्रिय योजना आयोगसँग छलफल गरिने उहाँको भनाई छ ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उपत्यकामा जारी गरेको निषेधाज्ञाको आज आठौं दिन

Thu Aug 27 , 2020
कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले उपत्यकामा जारी गरेको निषेधाज्ञाको आज (बिहीबार) आठौं दिन पुगेको छ । काठमाडौं उपत्यकामा कोभिड १९ संक्रमणको जोखिम बढ्दै गएपछि भदौ ३ गते मध्यरात देखि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका थिए । यस्तै बुधबार फेरी एक साताका लागि निषेधाज्ञा थप गरी भदौ […]