सीसीएमसी बैठक

देशभरी कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्दै गएपछि कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले आगामी रणनीतिको विषयमा छलफल गरेको छ । मंगलबार मात्रै १ हजार १६ जनामा संक्रमण देखिएपछि आकश्मिक रुपमा बसेको सीसीएमसी बैठकले आगामी रणनीतिको विषयमा छलफल गरेको हो । उपत्यका लगायत देशभरी नै संक्रमणको दर बढेपछि आगामी रणनीति के हुने भन्ने विषयमा छलफल भएपनि कुनै निर्णय भने नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताउनुभयो । बैठकमा विगतमा सरकारले गरेका निर्णय र ती निर्णयहरुको प्रभावकारिताका विषयमा छलफल भएको उहाँले बताउनुभयो । संक्रमणको दर बढ्दै गएपनि आगामी रणनीति के हुने भन्ने विषयमा फरक फरक धारणा आएकाले बुधबार पुनः बैठक बसी थप छलफल गरिने उहाँले बताउनुभयो ।

सरकारले संक्रमणको अवस्था विश्लेषण गरी सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरुले आफ्नो जिल्लामा आंशिक वा पूर्ण रुपमा निषेधाज्ञा गर्ने अधिकार दिएकाले त्यस सम्बन्धि निर्णय पनि सम्बन्धि जिल्ला अधिकारीहरुले गर्ने उहाँले बताउनुभयो । अहिलेसम्म देशका विभिन्न ४१ जिल्लामा पूर्ण वा आंशिक रुपमा निषेधाज्ञा जारी भएको उल्लेख गर्दै उहाँले उपत्यकाका हकमा के गर्ने भन्ने विषयमा सीसीएमसी बैठकमा छलफल नभएको बताउनुभयो । निषेधाज्ञा जारी गर्ने/नगर्ने भन्ने विषयमा प्रमुख जिल्ला अधिकारीहरुले अधिकार प्राप्त गरेकाले सम्बन्धि क्षेत्रको अवस्थाको विषयमा विश्लेषण गरी निर्णय पनि प्रमुख जिल्ला अधिकारीले नै गर्ने उहाँले बताउनुभयो ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उपत्यकामा निषेधाज्ञा जारी

Thu Aug 20 , 2020
कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले गएरातिबाट सुरु हुने गरी उपत्यकाभित्र निषेधाज्ञा जारी गरेको छ । उपत्यका लगायत देशभरी नै पछिल्लो केही दिनयता संक्रमितको संख्या बढ्दै गएको छ । संक्रमणको दर बढ्दै गएपछि गएरातिबाट निषेधाज्ञा जारी गरिएको हो । गएरातिबाट तीन वटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी भएपनि उपत्यका सुनसान […]