आज १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण देखियो

आज नेपालमा १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १० हजार ४ सय ९४ जना भएको पीसीआर परीक्षण भएकोमा १ हजार ५ सय ३९ जनामा संक्रमण देखिएको हो । आजसम्म ८ लाख ७२ हजार २ सय ७४ पीसीआर परीक्षण भएकोमा ५८ हजार ३ सय २७ जनामा कोरोना देखिएको छ । आज १ हजार ६८ जना संक्रमित निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । जसअनुसार प्रदेश नम्बर १ मा ३ हजार ५ सय ५७, प्रदेश नम्बर २ मा ११ हजार ३ सय ५७, बागमती प्रदेशमा८ हजार ८ सय ६४ र गण्डकी प्रदेशमा २ हजार ४ सय ११ जना रहेका छन ।
यस्तै प्रदेश नम्बर ५ मा ६ हजार ७ सय ६४, कर्णाली प्रदेशमा २ हजार ५ सय ९० र सुदूरपश्चिम प्रदेशमा६ हजार ६३ गरी देशभरी आजसम्म ४१ हजार ७ सय जना संक्रमित निको भएर घर फर्किएका छन । कोरोना भाइरस कोभिड—१९ बाट थप ८ जना संक्रमितको मृत्यु भएको छ । विभिन्न जिल्लामा ८ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ७९ पुगेको छ ।

आज देशभरी सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ४२ जना रहेको छ । आज संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ४ सय १६, प्रदेश नम्बर २ मा ९ सय ४६, बागमती प्रदेशमा ४ हजार ५ सय ९५ र गण्डकी प्रदेशमा ८ सय १ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार २ सय ७२, कर्णाली प्रदेशमा २ सय ६२ र सुदूरपश्चिम प्रदेशमा २ सय ४९ गरी देशभरी संस्थागत आइसोलेसनमा ८ हजार ५ सय ४१ जना संक्रमित रहेका छन ।

यसैगरी होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार १ सय ३९, प्रदेश नम्बर २ मा १ हजार ३ सय १, बागमती प्रदेशमा ३ हजार ९ सय र गण्डकी प्रदेशमा १ सय ८२ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ७ सय ४२, कर्णाली प्रदेशमा १ सय २३ र सुदूरपश्चिम प्रदेशमा३ सय १४ गरी देशभरी ७ हजार ७ सय १ जना संक्रमित रहेका छन । यस्तै आइसियुमा १ सयय ७३ र भेन्टिलेटरमा २६ जना उपचाररत रहेका छन ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पैसा डिसइन्फेक्सन गर्ने मेसिन बजारमा आयो, कागजी नोटमा रहेको भाइरसलाई निर्मुल गर्ने

Wed Sep 16 , 2020
कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेका बेला एटिएमबाट निस्किने पैसा (रुपैयाँको नोट) डिसइन्फेक्सन गर्ने मेसिन बजारमा आएको छ । आज सार्वजनिक भएको मेसिनले कागजी नोटमा रहेको भाइरसलाई निर्मुल गर्ने कम्पनीको दावी छ । खेम्स क्लिनिङ र ¥यापिड सर्जिकलले बजारमा ल्याएको मेसिनले बैंकहरुमा पैसा मात्रै नभएर, अस्पतालमा नियमित प्रयोगमा आउने सामग्री र […]