कर्फयु आदेश जारीगरेपछि ललितपुर क्षेत्र सुनसान, सुरक्षा चेकजाँचमा पनि कडाई

जिल्ला प्रशासन कार्यालय ललितपुरले कर्फयु आदेश जारीगरेपछि ललितपुर क्षेत्र सुनसान देखिएको छ । कोरोना संक्रमणको जोखिममा भिडभाड बढेको भन्दै प्रशासनले कर्फयु आदेश जारी गरेको हो । ललितपुर महानगरपालिका क्षेत्रको रिङरोड भित्र कर्फयु आदेश जारी भएको छ । आज विहान ४ देखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरिएको हो । हिजो दिउँसो रातो मच्छिन्द्रनाथ रथ तान्न निस्किएको स्थानीयको भिडलाई प्रहरीले रोक्न खोज्दा झडप भएको थियो ।

झडपपछि सुरक्षा अधिकारीहरूको बैठकले कोरोना संक्रमणमा भीडभाड बढेको, धार्मिक सहिष्णुतामाथि आँच पुगेको र संक्रामक रोग बढ्ने खतरा बढेको भन्दै कर्फयु आदेश जारी गरेको हो । अहिले ललितपुर क्षेत्र सुनसान देखिएको छ । त्यहा सुरक्षा चेकजँचमा पनि कडाई गरिएको छ । त्यसो त उपत्यका भित्र निषेधाज्ञा जारी नै छ । ललितपुरमा स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि कफ्र्यु आदेश जारी गरिएको हो । ललितपुर पुरै जिल्ला नभएर बल्खु पुल, मनहरा पुलदेखि महानगरभित्रको चक्रपथ क्षेत्रमा कफ्र्यु लगाइएको हो । कर्फ्यूको समयमा भेला, जम्मा, जुलुशलगायत गतिविधि गर्न पाईदैन । यस्तै कुटनीतिक नियोग, प्रेस, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सरकारी सवारीहरूलाई आवागमनमा कुनै बाधा पर्ने छैन ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्फ्युको समयमा पनि मत्स्येन्द्रनाथको क्षमा पूजा

Fri Sep 4 , 2020
लामो समयदेखि रोकिएको रातो मछिन्द्रनाथ रथयात्राको आज क्षमा पूजा भएको छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण लामो समयदेखि रोकिएको मछिन्द्रनाथ रथयात्राको आज क्षमा पूजा ९ बजेर ३० मिनेटमा गरिएको हो । ४ महिना लामो लक डाउन र भदौ ३ गतेबाट जारी निषेधाज्ञाका कारण रथयात्रा हुन सकेको छैन । विश्वव्यापी […]