डम्पिङ साइडका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जोखिममा 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य करिब अन्तिम चरणमा पुगेको छ । पर्यटकीय नगरी पोखरालाई विश्वसँग जोडन यो विमानस्थल महत्वपूर्ण हुने बताइएको छ । तर विमानस्थलबाट नजिकै रहेको डम्पिङ साइडका कारण विमानस्थल जोखिममा परेको तर्फ भने कसैको ध्यान जान सकेको छैन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य करिब ६५ प्रतिशत पुरा भइसकेको छ । विमानस्थल निर्माणहुँदै गर्दा यहाँबाट हुने हवाई उडानलाई सुरक्षित बनाउन विभिन्न कामहरु गरिएका छन् । तर पोखरा महानगरपालिका वडा नं. १४ बाच्छेबडुवामा रहेको डम्पिङ साइडबाट हुने जोखिममा भने खासै ध्यान जान सकेको छैन् । अन्तर्राष्ट्रिय मान्यता अनुसार विमानस्थलबाट ५ किलोमिटर भित्र डमपिङ साइड हुनुहुँदैन । तर यो डमपिङ साइड ५ किलोमिटर भित्रै पर्छ । विमानस्थलबाट डम्पिङ साइड नजिक हुँदा चिल, गिद्ध लगायतबाट कुनैपनि चराचुरुङुगीबाट हवाई उडान जोखिममा पर्न सक्छ । त्यसैले पनि यो ठाउँबाट डम्पिङ साइड हटाउनुपर्ने देखिन्छ । पोखरा विमानस्थलका प्रमुख भोला गुरागाईंले डमपिङ साइड हटाउने भन्दा पनि विमानस्थल वरिपरी चराचुरुङ्गीको व्यवस्थापन गर्न बर्ड स्केरिङ डिभाइसहरु राखिने बताउनुभयो ।

विमानस्थलबाट नजिकै डम्पिङ साइड रहेकाले अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानलाई जोखिममा पार्ने निश्चित छ । पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले विमानस्थललाई खतरामुक्त बनाउनको लागि नयाँ डम्पिङ क्षेत्रको खोजिमा रहेको बताउनुभयो । हाल बाच्छेडाँडाँमा रहेको डम्पिङ साइडको विकल्पमा माछापुच्छ«े गाउँपालिकाको सार्दिखोलामा बनाउने योजना रहेको पनि उहाँले बताउनुभयो ।

यसैपनि पोखरामा आगन्तुक चराहरुको चहलपहल बढी हुने गर्छ । तर फोहोरको थुप्रोमा विभिन्न किसिमका चराचुरुङ्गी रहने र तिनले विमानस्थल आसपासमा जोखिम बढाउने भएकाले त्यसको व्यवस्थापनका लागि हाल रहेको डम्पिङ साइडलाई तत्काल हटाउनुपर्ने देखिन्छ ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दृष्टिविहीनलाई राहत उपलब्ध

Sun Oct 18 , 2020
दशैंको बेला भोकै बस्नु नपरोस भन्दै अभियान्ताहरुले दृष्टिविहीनहरुका लागि राहत उपलब्ध गराएका छन् । कोभिड–१९ को कारण अप्ठेरो अवस्थामा रहेका करिब १ सय ५० दृष्टिविहीनहरुका लागि अभियान्ताहरुले राहतस्वरुप खाद्यन्न उपलब्ध गराएका छन् । शनिबार काठाडौं उपत्यकाका विभिन्न स्थानमा बस्दै आएका दृष्टिविहीनहरुका लागि राहत उपलब्ध गराइएको हो । महानगरीय प्रहरी आयुक्तको […]