कांग्रेस नेता मोहनप्रसाद पाण्डेद्धारा पद तथा गोपनीयताको शपथ ग्रहण

नेपाली कांग्रेसका नेता मोहनप्रसाद पाण्डेले संघीय संसद प्रतिनिधि सभा सदस्यका रुपमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । समानुपातिक निर्वाचन पद्धतिबाट प्रतिनिधि सभा सदस्य चयन भएसँगै पाण्डेले सोमबार दिउसो सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा सपथ ग्रहण गर्नुभएको हो । पाण्डेलाई प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद सापकोटाले सपथ ग्रहण गराउनुभएको हो । प्रतिनिधि सभा सदस्य सुर्यबहादुर केसीको निधन भएपछि रिक्त रहेको उक्त पदमा नेपाली कांग्रेसले स्याङ्जाका पाण्डेलाई चयन गरेको हो ।
कांग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा केसीपछि खस आर्यतर्फको कोटामा पाण्डेको नाम समावेश थियो । प्रतिनिधि सभा सदस्यको रुपमा सपथ ग्रहण गरेपछि पत्रकारहरुसँग कुरा गर्दै सांसद पाण्डेले संघीय संसदको गरिमा उचो बनाउन आफ्नो भूमिका रहने बताउनुभयो । यस्तै पछिल्लो समय प्रतिपक्ष प्रति जनताकोबीचमा विकास भएको धारणालाई चिर्न थप सशक्त भूमिका निर्वाह गर्ने प्रतिवद्धता समेत पाण्डेले व्यक्त गर्नुभयो ।

२०३७ सालमा नेपाल विद्यार्थी संघमा आवद्ध भई पाण्डेले राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । यस्तै २०४३ सालमा नेपाल विद्यार्थी संघ त्रीभुवन बहुमुखि क्यमम्पस पाल्पाको सभापति, २०४८ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य भएर काम गर्नुभएको थियो । यस्तै पार्टीको जिल्ला कार्य समिति, महाधिवेसन प्रतिनिधि र महासमिति सदस्य हुँदै पार्टीमा सक्रिय भूमिकामा रहेका पाण्डे २०६४ सालको निर्वाचनमा स्याङजा क्षेत्र नं. ३ बाट संविधान सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संसदको हिउदे अधिवेशन सुरु गर्ने सम्बन्धमा सभामुखद्धारा सरकारसग छलफल

Mon Nov 23 , 2020
सभामुख अग्निप्रसाद सापकोटाले संसदको हिउदे अधिवेशन सुरु गर्ने सम्बन्धमा सरकारस“ग छलफल भइराखेको बताउनुभएको छ । सभामुख सापकोटाले अधिवेशन सुरु गर्न संसद सचिवायल तयारी अवस्थामा रहेको र सरकारसँग पनि छलफल भइराखेको बताउनुभएको छ । सोमबार सिंहदरबार स्थित संसद सचिवायलमा नेपाली कांग्रेसका नेता मोहनप्रसाद पाण्डेलाई प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण गराएपछि पत्रकारहरुस“ग […]