चलचित्र क्षेत्रलाई सञ्चालन गर्ने अनुमति दिन चलचित्र निर्माता संघको माग

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले चलचित्र क्षेत्रलाई सञ्चालन गर्ने अनुमति दिन सरकारसँग माग गर्नुभएको छ । कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएपछि बन्द रहेका अधिकांश क्षेत्र अहिले खुलेपनि चलचित्र क्षेत्र खुल्न सकेको छैन् । त्यसैले चलचित्र छायांकन पनि प्रभावित भएको र यसबाट हजारौंको संख्यामा रहेका कलाकारहरुको जीविकोपार्जनमा समस्या भएको भन्दै अध्यक्ष अधिकारीले चलचित्र क्षेत्र सञ्चालन गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्नुभएको हो । न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा अध्यक्ष अधिकारीले सरकारले बजेटमार्फत चलचित्र क्षेत्रलाई समेटन नसकेपनि नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमार्फत समेटीएको तर अहिले सम्म कुनैपनि फाइदा लिन नसकेको बताउनुभयो ।
चलचित्र क्षेत्र बन्द हुँदा कलाकार, श्रष्टासर्जकहरुलाई समस्या भइरहेको जानकारी अर्थमन्त्रालयमा समेत गराइसकेको उहाँले बताउनुभयो । सरकारले चलचित्र क्षेत्रलाई सञ्चालन गर्न दिए जनस्वास्थ्य मापदण्ड पुरा गरी सञ्चालन गर्न आफूहरु तयार रहेको पनि अधिकारीले बताउनुभयो ।
अध्यक्ष अधिकारीले चलचित्र क्षेत्रले मनोरन्जन मात्रै नभएर कला संस्कृति भेषभूषा र पर्यटनलाई समेत समेटेको क्षेत्र भएको भन्दै तत्काल खोल्न माग गर्नुभएको हो । त्यसको साथसाथै आफू उद्योग वाणिज्य महासंघमा रहेर चलचित्र क्षेत्रको समस्या समाधानमा लाग्न खोजिरहेको पनि बताउनुभयो । यसअघि पनि महासंघमा रहेर सरकार, निजी क्षेत्र र चलचित्र क्षेत्रभित्र रहेको दुरीलाई मेटाउँदै चलचित्र क्षेत्रलाई सेवा मुलक उद्योगको रुपमा स्थापित गर्न सफल भएको बताउनुभयो ।
चलचित्रलाई पर्यटन र कृषि क्षेत्रसँग जोडने काम गर्नका लागि आफूले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको अधिकारीले बताउनुभयो । चलचित्र क्षेत्रलाई यसअघि राष्ट्रिय मान्यता प्राप्त उद्योगमा लैजान सफल भएको बताउँदै अध्यक्ष अधिकारीले अव भने राज्यका प्राथमिकता प्राप्त क्षेत्रले पाउदै आएको सुविधा पाउने अवस्थामा पुर्‍याउन आफुले महासंघमा बसेर काम गर्न चाहेको बताउनुभएको छ । अध्यक्ष अधिकारीले उद्योग वाणिज्य महासंघको ५४ औं आशन्न साधारणसभामा वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको छ । सो पदमा रहेर चलचित्र क्षेत्रको नीति नियम, ऐन कानून निर्माणमा सरकारलाई सहयोग गर्ने अधिकारीले बताउनुभयो ।
यस्तै आफ्नो ध्यान स्वदेशी उत्पादनलाई प्रवर्धन गर्नुपर्छ र आयातलाई घटाएर निर्यात बढाउनुपर्छ भन्ने तर्फ रहेको पनि अधिकारीले स्पष्ट पार्नुभएको छ ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कैलाली भन्सारबाट झण्डै ११ प्रतिशत बढी राजश्व उठ्यो

Thu Nov 26 , 2020
कैलाली भन्सार कार्यालय धनगढीले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार लक्ष्य भन्दा १० दशमलव ९५ प्रतिशत बढी राजस्व संकलन भएको छ । पहिलो चौमासिक अर्थात कात्तिक मसान्त सम्म २ अर्ब ७६ करोड ७७ लाख ७६ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले […]