दिर्घकालिन दृष्टिकोण निर्माण गर्न सक्ने नेतृत्व माहासंघलाई आवश्यक छ । सौरभ ज्योति

नेपाल उद्योग वाणिज्य महासंघका एसोसिएट्स सदस्य समूहको उपाध्यक्षका उम्मेद्वार सौरभ ज्योतिले दिर्घकालिन दृष्टिकोण निर्माण गर्न सक्ने नेतृत्व माहासंघलाई आवश्यक रहेको बताउनुभएको छ । आगामी दश वर्षमा देशको आर्थिक भविश्य निर्माणका लागि महासंघको भूमिका महत्वपूणर् हुने भएकाले त्यसको वातावरण निर्माण गर्न पनि दिर्घकालिन दृष्टिकोण निर्माण गर्न सक्ने नेतृत्व आवश्यक हुने बताउनुभयो । त्यसका लागि नीतिगत सुधारदेखि जनशक्तिको सीप अभिवृद्धि गर्ने लगायतका विषयमा सरकारी निकायहरुसँग समन्वयात्मक भूमिका निभाउन सक्ने क्षमता नेतृत्वसँग हुनुपर्ने ज्योतिले बताउनुभयो । पछिल्लो समय निजी क्षेत्रसँग मानसम्मान र सुरक्षा केहीपनि नभएकोले त्यसलाई स्थापित गर्न सकेमात्रै देशको अर्थतन्त्रको विकास सम्भव हुने पनि उहाँले बताउनुभयो । अर्थतन्त्रको मेरुदण्ड उद्योग व्यववसाय नै भएकाले उद्योगी व्यवसायीहरुको सुरक्षाका लागि लडनुपर्ने बेला आएको पनि उहाले बताउनुभयो । त्यसका लागि आफु लगायत आफ्नो टीम सक्षम रहेको ज्योतिको भनाई छ ।

जुनसुकै नेतृत्व आएपनि निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रुपमा लैजाने, रोजगारी सिर्जना गर्ने, उद्यमशिलताको विकास गर्ने र समग्र निजी क्षेत्रको हकहितको लागि लडने क्षमता राख्नुपर्ने ज्योतिले बताउनुभयो । कोभिडबाट प्रभावित अर्थतन्त्रलाई जोगाउन महासंघको भूमिका महत्वपूणर् हुने भएकाले पनि योग्य नेतृत्वको आवश्यकता रहेको उहाँले बताउनुभयो । महासंघलाई व्यवसाय गर्ने थलो बनाउने व्यक्ति नभई आफ्नो स्वार्थ छाडेर समग्र निजी क्षेत्रको हितमा काम गर्न सक्ने व्यक्ति महासंघमा अटनुपर्ने उहाँको भनाई छ । सौरभ ज्योति किसोर प्रधान समूहबाट एसोसिएट्स सदस्य समुहको उपाध्यक्ष पदका उम्मेदवार हुनुहुन्छ ।

 

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल उद्योग वाणिज्य महासंघको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम आजदेखि शुरु

Mon Nov 23 , 2020
नेपाल उद्योग वाणिज्य महासंघ र ब्रिटिश काउन्सिलले आयोजना गरेको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम कार्यक्रम आज देखि शुरु भएको छ । इम्प्लोयर लिड लेबर मार्केट सेक्रेटिअरिस्ट (ईएलएमएस) परियोजना अन्तर्गत पर्यटन, निर्माण र कृषि क्षेत्रमा जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो । परियोजना मार्फत व्यवससायिक वर्गिकरण मानकको विकास तथा […]