नेपाली राष्ट्रिय क्रिकेट टिमको बुधबारदेखि शुरुहुने बन्द प्रशिक्षणको तयारी पुरा

नेपाली राष्ट्रिय क्रिकेट टिमको बुधबारदेखि शुरुहुने बन्द प्रशिक्षणको तयारी पुरा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणका लागि २२ जना खेलाडीलाई बोलाएको छ । बन्द प्रशिक्षणमा सहभागि हुने सबै खेलाडी प्रशिक्षक तथा ग्राउण्ड स्टाफको मंगलबार पीसीआर परीक्षण गरिने छ । पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आउने खेलाडी तथा प्रशिक्षकहरुलाई राजधानीको एक होटेलमा राखिने छ भने ग्राउण्ड स्टाफलाई कीर्तिपुर मैदानमै राख्ने व्यवस्था गरिएको छ । ग्राउण्ड स्टाफलाई पहिलो चरणमा एक महिना घर जान दिइने छैन भने खेलाडीहरुलाई पनि होटलबाट मैदानसम्म आउनका लागि क्रिकेट संघ कै बस प्रयोग गरिने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का सदस्य दुर्गाराज पाठकले क्लोज क्याम्पको सम्पूणर् तयारी पुरा भएको जानकारी दिनुभयो । खेलाडीहरुलाई राख्नका लागि होटेल पनि आइसोलेट गरिएको र त्यहाँ अन्य व्यक्तिलाई प्रवेश निषेध गरिएको उहाँले बताउनुभयो ।

यस्तै, स्वास्थ्य मापदण्डका कुराहरुमा क्यान संवेदनशील रहेको बताउँदै अहिलेको अवस्थामा सम्पूणर् कुराहरु मिलाउन चुनौती रहेको भएपनि खेलाडीहरु मैदान उत्रन उत्साहित रहेको बताउनुभयो ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महानरीय ट्राफिक प्रहरी महाशाखाको नेतृत्व परिवर्तन

Mon Nov 23 , 2020
काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनको सम्पूणर् जिम्मेवारी हेर्ने निकाय महानरीय ट्राफिक प्रहरी महाशाखाको नेतृत्व परिवर्तन भएको छ । प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालको ठाउँमा महाशाखाको प्रमुखको जिम्मेवारीमा प्रहरी वरिष्ठ उपरीक्षक जनकराज भट्टराई आउनुभएको हो । महाशाखामा आज एक कार्यक्रमको आयोजना गरी भट्टराईको स्वागत र ढकालको विदाई गरिएको छ । विदाई […]