नेपाल उद्योग वाणिज्य महासंघको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम आजदेखि शुरु

नेपाल उद्योग वाणिज्य महासंघ र ब्रिटिश काउन्सिलले आयोजना गरेको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम कार्यक्रम आज देखि शुरु भएको छ । इम्प्लोयर लिड लेबर मार्केट सेक्रेटिअरिस्ट (ईएलएमएस) परियोजना अन्तर्गत पर्यटन, निर्माण र कृषि क्षेत्रमा जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो । परियोजना मार्फत व्यवससायिक वर्गिकरण मानकको विकास तथा श्रम बजार सूचना प्रणालीको विकास गरिने छ । यो कार्यक्रम, पर्यटन क्षेत्र, निर्माण क्षेत्र र कृषि क्षेत्रमा कार्यान्वयन हुने पनि अध्यक्ष राणाले बताउनुभयो ।
यो परियोजनाले श्रम बबजारको माग र आपूर्तिको व्यवस्थापनमा सघाउ पुर्‍याउने विश्वास गरिएको छ । यस्तै श्रम बजार सम्बन्धी तथ्याङ्कको विकास गर्ने कार्यमा समेत यो परियोजना कोशेढुंगा हुने उहाँले बताउनुभयो । त्यसबाहेक देशमा बेराजगारी दर घटाउन समेत सघाउ पुग्ने विश्वास अध्यक्ष राणाको छ । परियोजनाले मुलुकको औद्योगिक विकासमा सहयोग पुर्‍याउने, श्रम बजार सम्बन्धी सूचना प्रणालीलाई व्यवस्थित र भरपर्दो बनाउने, उद्योग प्रतिष्ठानहरुको लागि आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउने प्रत्याभुति दिलाउने छ ।
यो कार्यक्रम १७ करोड ९० लाख ११ हजार ७ सय ३३ रुपैयाँ बराबरको बजेटमा १४ महिनाका लागि लागू भएको हो । परियोजनाका साझेदार व्यवसायिक संस्थाहरुमा नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ, होटल संघ नेपाल र नेपाल निर्माण व्यवसायी महासंघ रहेका छन् ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बालिका हत्याको बिरोधमा भएको प्रर्दशनमा बर्दिबासमा गोली चल्यो

Tue Nov 24 , 2020
बालिका हत्याको बिरोधमा महोत्तरीको बर्दिबासमा भएको प्रर्दशनमा प्रहरीले गोली चलाएको छ । आईतबार सँझ देखी हराएकी ६ बर्षिय बालिका गुलाब साह खातुृनको सोमबार हत्या गरिएको अबस्थामा शब भेटिएको थियो । हत्या पछि बोरामा फ्याकिएको अवस्थामा बालिकाको शब फेला परेपछि स्थानीयले बलात्कारपछि हत्या भएको दावी गर्दै प्रर्दशन गरेका हुन् । प्रदर्शनलाई […]