प्रचण्डकै कारण नेकपामा अहिलेको अवस्था- इश्वर पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कारण अहिलेको अवस्था आएको नेकपा सचिवालय सदस्य इश्वर पोखरेलले टिप्पणी गर्नुभएको छ ।
बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग एक खालको सहमति गर्ने र खुमलटार र भैसेपाटीमा गुटको भेला गरेर सहमति विपरित अर्को काम गर्ने प्रवृतिका कारण पार्टी अप्ठेरो स्थितिमा पुगेको नेता पोखरेलले बताउनुभयो । सोमबार साँझ न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उपप्रधानमन्त्री समेत रहनुभएका नेता पोखरेलले अध्यक्ष प्रचण्डको दोहोरो प्रवृतिका कारण अहिलेको स्थितिमा पार्टी आइपुगेको बताउनुभयो । उहाँले भन्नुभयो ‘बालुवाटारमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउनुहुन्छ प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गर्न, छलफल हुन्छ, त्यहाँ कुराहरु हुन्छ अनि काउन्टर रणनीति के बन्छ भन्दा समिकरणको हिसाबले उहाँले खुमलटारमा गएर वा भैसेपाटीमा गएर छुट्टै सरसल्लाह गरेर योजना बनाउनुहुन्छ र त्यो योजना यता ल्याउनुहुन्छ । अनि समस्या त खडा हुने भयो । गर्नु के पथ्र्यो भने दुईवटा अध्यक्षको बीचमा छलफल हुने सहमति हुने यदि सहमति हुन सकेन भने आ–आफ्नो विश्वासिला साथिहरु दुवै अध्यक्षले राखेर कुरा के भएको हो भनेर खराखरी कुरागरे भइहाल्छ । अनि त्यस आधारबाट गाइडेड हुने र त्यो महाधिवेसन सम्म पु¥याउने कुरा गरेत हुन्थ्यो । त्यो नगर्ने वित्तीकै विग्रेको हो ।’

पार्टी एकता गर्दाको समयमा भएको सहमतिको आधारमा रहेर दुवै अध्यक्षले संवाद गरे अहिलेको विवाद अन्त्य हुन सक्नेपनि उहाँले बताउनुभयो । पार्टी एकता गर्दाखेरीको आधारमा टेकेर काम गर्नुपर्नेमा गलत ठाउँमा टेक्दाको परिणाम अहिलेको स्थिति रहेको पनि नेता पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो ‘फेरी एकता गर्दा तय गरिएका आधारमा फर्कन प¥यो, त्यो आधारमा टेक्नुप¥यो, त्यहाँ टेकेर अगाडी बढ्नु प¥यो । यदि सकारात्मक निष्कर्षमा पु¥याउने, दुर्घटना हुनबाट बचाउने हो भने यो भन्दा अर्को कुनै विकल्प हुँदैन । यदि प्रधानमन्त्रीलाई छिर्के लगाउने अनेक ढंगले समस्या खडा गर्ने हो भने समस्या झनझन बल्झिन्छ, दुखद परिणाम हुन्छ ।’
अहिलेपनि अध्यक्ष प्रचण्डले गुटको भेला गर्ने र प्रधानमन्त्री समक्ष दवाव सिर्जना गर्ने हो भने एकीकरणले सार्थकता नपाउने नेता पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिले पनि अध्यक्ष पुष्पकमल दाहालले अरुअरु साथिहरुसित सल्लाह गर्दै समिकरण बनाउने र त्यो समिकरणको बलमा यता दवाव सिर्जना गर्ने कुरा गर्नुभयो भने त्यो सम्भव छैन् । त्यो उचित हुँदैन । त्यो हानिकारक हुन्छ, त्यसले दुःखद परिणाममा पु¥याउँछ ।’

नेता पोखरेलले अध्यक्ष प्रचण्डले पार्टीको कार्यकारी अध्यक्ष भएदेखि विवाद झिक्ने बाहेक केहीपनि काम गर्न नसकेको समेत बताउनुभयो । यस्तै पार्टीको निर्णय नभई प्रधानमन्त्री ओलीले कुनैपनि काम गर्न हुँदैन भन्ने भएकाले पनि समस्या आएको उहाँले बताउनुभयो ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अभ्यासको तयारीमा जुटे खेलाडी

Tue Nov 3 , 2020
कोरोनाले आक्रान्त नेपाली खेलकुद अझै सहज रुपमा फर्किन सकेको छैन् । अन्तर्राष्ट्रिय स्तरमा सहभागिता जनाउनु पर्ने प्रतियोगिता नजिकिँदै गर्दा खेलाडी चिन्तित देखिएका छन् । टोकियो ओलम्पिक लक्ष्य राखेका कराते खेलाडीले मंगलबार सातदोबाटो स्थित कभर्डहलमा लयमा फर्किन निकै मिहिनेत गरिरहेका छन् । नौ महिना देखि कोरोनाले थला पारेको खेलकुद चलायमान गराउनु […]