महानरीय ट्राफिक प्रहरी महाशाखाको नेतृत्व परिवर्तन

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनको सम्पूणर् जिम्मेवारी हेर्ने निकाय महानरीय ट्राफिक प्रहरी महाशाखाको नेतृत्व परिवर्तन भएको छ । प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालको ठाउँमा महाशाखाको प्रमुखको जिम्मेवारीमा प्रहरी वरिष्ठ उपरीक्षक जनकराज भट्टराई आउनुभएको हो । महाशाखामा आज एक कार्यक्रमको आयोजना गरी भट्टराईको स्वागत र ढकालको विदाई गरिएको छ । विदाई समारोहमा वरिष्ठ उपरीक्षक ढकालले आफ्नो कार्यकालमा आफुले उपत्यकाको ट्राफिक व्यवस्थापनमा महत्वपूणर् काम गरेको दावी गर्नुभयो । ट्राफिक व्यवस्थापनका लागि आफुले गरेको प्रयासहरु सफल रहेको उहाँले बताउनुभयो । आम नागरिकबाट समेत उपत्यकाको ट्राफिक व्यवस्थापनको प्रशंसा हुने गरेको उल्लेख गर्दै ढकालले भोलीका दिनमा यसले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।

नवनियुक्त प्रमुख भट्टराईले उपत्यकामा हुने ट्राफिक जाम र दुर्घटना काम भएका कामहरुलाई आफुले निरन्तरता दिने बताउनुभयो । विगतमा पनि आफुले मशाखाका अन्तरगत रहेर काम गरेको उल्लेख गर्दै उहाँले सवारी जाम र दुर्घटना न्यूनीकरण आफुले पहिलो प्राथमिकतामा राख्ने बताउनुभयो ।

ढकालको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा सरुवा भएको हो । उहाँले महाशाखा प्रमुख भएर १५ महिना ट्राफिक प्रहरीको नेतृत्व गनुृभएको थियो । आज नै कुशलतापूर्वक कर्तव्य निर्वाह गर्ने अधिकृत र जवान गरी १९ जना ट्राफिक प्रहरीलाइ पुरस्कृत गरिएको छ । यसैगरी देशैतिहार र त्यो भन्दा अगाडीको समयमा चोरी भएका २४ वटा मोटसाइकल सवारी धनीलाइ हस्तान्तरण गरेको छ ।

 

 

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दिर्घकालिन दृष्टिकोण निर्माण गर्न सक्ने नेतृत्व माहासंघलाई आवश्यक छ । सौरभ ज्योति

Mon Nov 23 , 2020
नेपाल उद्योग वाणिज्य महासंघका एसोसिएट्स सदस्य समूहको उपाध्यक्षका उम्मेद्वार सौरभ ज्योतिले दिर्घकालिन दृष्टिकोण निर्माण गर्न सक्ने नेतृत्व माहासंघलाई आवश्यक रहेको बताउनुभएको छ । आगामी दश वर्षमा देशको आर्थिक भविश्य निर्माणका लागि महासंघको भूमिका महत्वपूणर् हुने भएकाले त्यसको वातावरण निर्माण गर्न पनि दिर्घकालिन दृष्टिकोण निर्माण गर्न सक्ने नेतृत्व आवश्यक हुने बताउनुभयो […]