कृषकहरु व्यवसायीक बेसार खेतितर्फ आकर्षित

जंगली जनावरले धान वाली नस्ट गरिदिएपछि बर्दियाको मधुवन नगरपालिकाका कृषकहरु व्यवसायीक बेसार खेतितर्फ आकर्षित भएका छन । उत्पादन भएको धान जनावरले नस्ट पारिदिएपछि मधुवन नगरपालिका वडा नम्बर १ का ७५ जना किसानले बेसार खेति शुरु गरेका हुन् । मधुवन नगरपालिकाको बेसार खेति पकेट क्षेत्र विस्तार योजना अनुसार नगरपालिकाको अनुदान र लुथर्न वल्र्ड रिलिफको आर्थिक सहयोगमा नगरपालिकाका किसानहरुले बेसार खेति शुरु गरेका हुन् । दलित महिला उत्थान संघद्धारा सञ्चालित आर्थिक शशक्तिकरणका लागी सीप तथा उद्यमशिलता विकास परियोजना अन्तर्गत किसानहरुले बेसार खेति गरिरहेका छन् । मधुवन नगरपालिका वडा नं. एक का ७५ जना किसानले कबि १४ विघा जमिनमा बेसार खेति गरेका छन् । परम्परागत रुपमा गरिने धानमा जंगली जानावरले क्षति पुर्‍याएपछि किसानहरु बेसार खेतिमा आकर्षित भएका हुन् ।
सामूहिक रुपमा बेसार खेति गरिएकाले यसलाई विस्तार गरी आगामी वर्ष २० विघा बेसार लगाउने योजनामा नगरपालिका रहेको छ । नगरपालिकामा १० ओटा पकेट क्षेत्र रहेको र त्यस मध्ये बेसार खेतिलाई पहिलो प्रथमिकता दिएर अगाडि नगरपालिकाका कृषि शाखा प्रमुख एकराज ओलीले बताउनुभयो । नगरपालिकाले बेसार खेतिमा किसानहरुलाई प्रोत्सहित गर्न बिउ समेत उपलब्ध गारएको छ ।

बेसार खेति शुरु भएपछि नगरपालिकाले अनुगमन समेत गरेको छ । शुद्ध बेसार उत्पादन गरी बजार पठाउने र किसानहरुको आर्थिक जीवन बढाउने उद्देश्यले नगरपालिकाले किसानहरुलाई बेसार खेतितर्फ आकर्षित गरेको हो ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पर्वतको महाशिलामा रहेको एसिया कै ठुलो ढुंगा क्षेत्रमा विभिन्न भौतिक संरचनाहरु निर्माण हुदै

Sat Dec 12 , 2020
पर्वतको महाशिलामा रहेको एसिया कै ठुलो ढुंगा क्षेत्रमा विभिन्न भौतिक संरचनाहरु निर्माण भैइरहेका छन् । खेतको बीचमा एउटा विशाल ढुंगा छ, जसको पुरानो नाम मेहल ढुंगा हो । महाशिला गाउँपालिकामा पर्ने यो ढुंगा एसियाकै ठूलो ढुंगा भएको स्थानीयहरुको दावी छ । करिब १३ रोपनी क्षेत्रफलमा फैलिएको महाशिला ढुंगा पर्वत घुम्न […]