मंगलबार पनि माइतीघर मण्डालामा उखु किसानहरुको प्रदर्शन

उखु किसानहरुले आज (मंगलबार) पनि काठमाडौंको माइतीघर मण्डालामा प्रदर्शन गरेका छन् । चिनी मिलबाट पाउन बाँकी भुक्तानी नपाएको भन्दै उखु किसानहरु १० दिन यता माइतीघर मण्डालामा निरन्तर प्रदर्शन गरिरहेका छन् । किसानहरुले चिनी मिल सञ्चालकहरुबट करिब ९० करोड रुपैयाँ पाउन बाँकी छ । गत वर्षको सरकारले उद्योगीहरुबाट भुक्तानी दिलाउन किसान र उद्योगी बिच सम्झौता गराएपनि उक्त सम्झौता अनुसार भुक्तानी नपाएपछि किसानहरु फेरी काठमाडौंको माइतीघर मण्डलामा आएर आन्दोलन गर्न बाध्य भएका हुन् ।
सरकारले किसानको भुक्तानी नदिने उद्योगीहरुलाई कारबाही गर्ने बताएपनि अहिले सम्म कुनैपनि उद्योगीलाई कारबाही गरेको छैन् । किसानहरुले आफ्नो भुक्तानी पाउन पनि सकिरहेका छैनन् । उखु किसानहरुले आफुहरुले पाउनुपर्ने भुक्तानी दिलाइदिने जिम्मेवारी सरकारले नलिदासम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हलो र उखु लिएर माइतीघर मण्डलामा उखु किसानहरुको प्रदर्शन

Wed Dec 23 , 2020
उखु किसानहरुले बुधबार पनि हलो र उखु लिएर माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । चिनी मिलबाट उखुको रकम भुक्तानीको माग गर्दै किसानहरु बुधबार पनि सडकमा निस्किएका हुन् । उखु किसानहरु मसिर २८ गते देखि विभिन्न जिल्लाबाट काठमाडौंको माइतीघर मण्डलामा आएर संघर्ष गरिरहेका छन् । चिनी मिल सञ्चालकहरुले सबै किसानको भुक्तानी […]