ड्रागन फ्रुटको १० वटा बोटबाट वार्षिक ५० हजार रुपैयासम्म आम्दानी

बाँकेको खजुरा गाँउपालिका वडा नं. ४ का तिलक सिरिस मगरले ड्रागन फ्रुटको १० वटा बोटबाट वार्षिक करिब ५० हजार रुपैयासम्म आम्दानी गर्न सफल हुनुभएको छ । ६ बर्ष वैदेशिक रोजगारमा ड्रागन खेती गरेर घर फुर्किनु भएका मगरले मालेसियाबाट एउटा बोट ल्याएर आफ्नै बारिमा खेती शुरु गर्नुभएको हो । बाकेको खजुरा गाँउपालिका वडा नं. ४ का तिलक सिरिस मगरले ६ वर्ष सम्म वैदेशिक रोजगारीका लागि मलेसियामा बस्नुभयो । मलेसियामा ड्रागन फ्रुटको फार्ममा काम गर्नुभएका मगर अहिले भने आफ्नै ठाउँमा ड्रागन फ्रुटको खेती शुरु गर्नुभएको छ । शुरुमा एउटा बोटबाट खेती शुरु गर्नुभएका मगरको बारिमा अहिले १ सय १० वटा पिलरमा ४ सय ४० वटा विरुवा रहेका छन् । १० वटा बोटले आम्दानी दिन थालिसकेको छ । गत वर्ष १० वटा विरुवाबाट ४० हजार रुपैयाँ आम्दानी भएको र यस वर्ष अहिलेसम्म ३० हजार रुपैयाँ बढीको विक्री भइसकेको बताउनुभयो ।

ड्रागन फ्रुट खेतीमा मगरकी बहिनी कविता थापाले सघाउँदै आउनुभएको छ । ड्रागन फ्रुटको बजारको समस्या नरहेको थापाले बताउनुभयो । अहिलेसम्म घरबाटै प्रति केजि ६ सय रुपैयाँको दरले विक्री भइराखेको छ । अहिले सेतो र पिङ्क गरी दुई किसिमका ड्रागन फ्रुटको विरुवा लगाएको पनि थापाले बताउनुभयो ।
स्वास्थ्यको लागि लाभदायक भएकोले गाँउपालिकाले ड्रागन खेतीलाई प्रोत्सहन गर्ने भएको छ । पालिकाले आर्थिक, प्राविधिक रुपले सहयोग गरी किसानहरुलाई ड्रागन फ्रुट खेतीमा प्रोत्साहन गर्न लागेको गाउँपालिकाका कृषि शाखा प्राविधिक अंकित विश्वकर्माले बताउनुभयो ।

पालिकालाई नामुना गाँउपालिका बनाउने योजना भएकाले पनि कृषि तर्फ ड्रागन फ्रुटलाई प्राथमिकता दिएर अगाडि बढ्ने योजना गाउँपालिकाले बनाएको छ ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाली वस्तुको निर्यात प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरु ल्याउनुपर्नेमा व्यवसायीहरुको जोड

Wed Jan 6 , 2021
उद्योगी व्यवसायीहरुले नेपाली वस्तुको निर्यात प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिएका छन् । पँ“चौं निर्यात दिवसको अवसरमा नेपाल निर्यात पारिषद्ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उद्योगी व्यवसायीहरुले निर्यात जन्य वस्तुहरुको आन्तरिक बजारलाई सुनिश्चित गर्दै अन्तर्राष्ट्रिय बजारको खोजी बढाउनुपर्ने बताएका हुन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले कुनैपनि […]