पाटन अस्पताललाई अक्सिजन प्लान्ट स्थापना गर्न ललितपुर महानगरद्धारा एक करोड आर्थिक सहयोग

ललितपुर महानगरले पाटन अस्पताललाई अक्सिजन प्लान्ट स्थापना गर्न एक करोड आर्थिक सहयोग गरेको छ । मंगलबार एक कार्यक्रमका बीच पाटन अस्पताललाई ललितपुर महानगर पालिकाका मेयर चिरिबाबु महर्जनले चेक हस्तान्तरण गर्नु भयो । कार्यक्रममा मेयर महर्जनले अस्पतालले महानगरबासीलाई पुरयाएको सहयोगको लागि महानगरले थोरै भएपनि सहयोग गर्न पाएकोमा सन्तोष मिलेको बताउनु भयो । सहयोगको शिलशिला बल्ल सुरु भएको भन्द मेयर महर्जनले आगामी दिनमा निरन्तर सहयोग उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत रहेको पाटन अस्पताल पुरानो र विश्वसनीय अस्पतालको रुपमा चिनिन्छ । यस अस्पताल अन्तरगत रहेको स्याटलाइट अस्पतालहरुले देशैभरी सेवा दिइरहेका छन् ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल र इजरायलबीच नेपाली कामदार आपूर्ति गर्ने एमओयूमा हस्ताक्षर

Thu Jan 21 , 2021
वैदेशिक रोजगारीको लागि नेपाली कामदारलाई इजरायल पठाउन सकिने भएको छ । बिहिबार नेपाल र इजरायलबीच नेपाली कामदार अपूर्ति गर्ने प्रोटोकल (एमओयू) मा हस्ताक्षर भएसगै नेपाली कामदार वैदेशिक रोजगारीमा पठाउन सकिने भएको हो । नेपालको तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दहाल र इजरायलको तर्फबाट नेपालका लागि इजरायली राजदूत हनान गोडरले […]