भारतबाट आएको कोरोनाविरुद्दको १० लाख डोज खोप प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण

प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोनाविरुद्दको १० लाख डोज खोप हस्तान्तरण गरिएको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन कोत्राले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहिबार बालुवाटारमा आयोजित कार्यक्रममा भारत सरकारको तर्फबाट उपहार स्वरुप कोरोनाविरुद्दको १० लाख डोज खोप हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई थप ४० लाख डोज खोप चाहिएको भन्दै भारत सरकारले नेपाललाई कसरी उपलब्ध गराउन सक्छ छलफल गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालले आवश्यक खोपहरु खरिद गर्न तयार रहेको भन्दै पूर्वसर्तहरु भए मान्न तयार रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भारत सरकारले बाँकी खोपहरुपनि उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भारतले नेपाललाई कोरोनाविरुद्दको खोप सहयोग गर्नु मित्रताको प्रतिकको रुपमा रहेको उल्लेख गर्दै यसले दुईदेश विचको एकतालाई देखाएको बताउनुभयो । यस्तै हस्तान्तरण कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भारत सरकारको सहयोग निरन्तर हुने बताउनु भयो । भारतले छिमेक पहिलो नीतिलाई प्राथमिकता दिएको बताउनु भयो ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सञ्चार उद्यमी पोखरेललाई मानार्थ विद्यावारिधि उपाधि

Sun Jan 24 , 2021
सञ्चार उद्यमी तथा वल्र्ड ट्रेड गु्रप नेपालका अध्यक्ष शम्भु पोखरेलले मानार्थ विद्यावारिधि उपाधि पाएका छन् । अमेरिकाको ग्लोबल पिस युनिभर्सिटिले पोखरेललाई अन्तराष्ट्रिय अर्थशास्त्रमा मानार्थ विद्यावारिधि प्रदान गरेको हो । युनिभर्सिटिले सञ्चार उद्यमी पोखरेललाई शनिवार भारतको चण्डिगढमा सो विद्यावारिधि उपाधी प्रदान गरेको हो । सञ्चार उद्यमी पोखरेल सिईओ क्लब ग्लोबलका एसिया रिजन […]