माघको पहिलो हप्तादेखि विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने तयारी शुरु

काठमाडौँ महानगरपालिकाले माघको पहिलो हप्तादेखि विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने तयारी शुरु गरेको छ । कोभिड-१९ संक्रमणको कारण गत वर्ष चैत्र ११ गतेदेखि बन्द रहेका शैक्षिक संस्थाहरुलाई महानगरपालिकाले माघको पहिलो हप्तादेखि विद्यार्थीको भौतिक उपस्थितिमै सञ्चालन गर्ने तयारी गरेको हो । कोभिड १९ संक्रमण घट्दै गएको र नेपाल सरकारले पनि बिस्तारै बन्द रहेका संस्थाहरु खोल्ने तयारी गरिरहेको सन्दर्भमा माघको पहिलो हप्तादेखि विद्यालय सञ्चालनको तयारी गरेको काठमाडौँ महानगरपालिका शिक्षा विभाग प्रमुख नवराज ढकालले बताउनुभयो । कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले नेपाल सरकारलाई विद्यालय लगायत हालसम्म बन्द रहेका संस्थाहरु खोल्न सिफारिस गरिसकेको छ । यद्यपी सरकारले निणर्य भने गरिसकेको छैन । माघदेखि विद्यालय सञ्चालन गर्न सरकारको निणर्य कुरेको र सरकारको निणर्य आउन ढिला भएपनि आवश्यक स्वास्थ्य मापदण्ड पुरा गरी विद्यालय सञ्चालन गरिने उहाँको भनाई छ ।

अविभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले तत्कालै विद्यालय खोल्नु नहुने बताउनु भएको छ । जाडोको समय भएकाले हिमाली र तराई क्षेत्रमा समस्या हुने तथा विदेशमा कोभिड-१९ को नयाँ संक्रमण फैलिएको भन्दै उहाँले जाडो मौसम सकिएपछि विद्यालय खोल्नु उचित हुने तर्क गर्नुभयो । वैकल्पिक रुपमै अध्यापन गराउन विद्यार्थीलाई स्रोत साधन उपलब्ध गराउनुपर्ने उहाँको भनाई छ ।

विभिन्न देशमा कोभिड-१९ संक्रमणको दोस्रो रुप आएको भन्दै अविभावकहरु छोराछोरीलाई विद्यालय पठाउन डराईरहेका छन् । बालबालिकाहरु जनस्वास्थ्य मापदण्ड पालना गर्न अभ्यस्त नभएकाले पनि तत्काल विद्यालय सञ्चालन गर्न नहुने अभिभावक रविन्द्र ओझाले बताउनुभयो । अविभावकहरुले विद्यालयहरुले सही व्यवस्थापन गर्न सक्नेआ आशंका गरिरहेका छन् ।

देशभर काहीँ विद्यालय खुल्ने र काहीँ नखुल्ने हुँदा शैक्षिक क्षेत्र प्रभावित बनेको छ । कतिपय स्थानीय तह सरकारको आधिकारिक निणर्यको प्रतिक्षामा छन् भने कतिपय ठाउँमा विद्यालय सञ्चालनमा आएपनि प्रभावकारी रुपमा अध्ययन अध्यापन हुन सकेको छैन ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सरकारले पृथ्वीनारायण शाहले गर्नुभएको नेपाल एकीकरणको सन्दर्भसँग जोडेर पर्यटन पर्वद्धन गर्न विकास समिति गठन गर्ने

Sun Jan 10 , 2021
सरकारले पृथ्वीनारायण शाहले गर्नुभएको नेपाल एकीकरणको सन्दर्भसँग जोडेर पर्यटन पर्वद्धन गर्न विकास समिति गठन गर्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन आदेश मार्फत विकास समिति निर्माण गर्ने प्रक्रिया शुरु गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले बताउनुभएको छ । आइतबार राष्ट्र निर्माता पृथ्वीनारायण शाहको […]