सञ्चार उद्यमी पोखरेललाई मानार्थ विद्यावारिधि उपाधि

सञ्चार उद्यमी तथा वल्र्ड ट्रेड गु्रप नेपालका अध्यक्ष शम्भु पोखरेलले मानार्थ विद्यावारिधि उपाधि पाएका छन् । अमेरिकाको ग्लोबल पिस युनिभर्सिटिले पोखरेललाई अन्तराष्ट्रिय अर्थशास्त्रमा मानार्थ विद्यावारिधि प्रदान गरेको हो ।

युनिभर्सिटिले सञ्चार उद्यमी पोखरेललाई शनिवार भारतको चण्डिगढमा सो विद्यावारिधि उपाधी प्रदान गरेको हो ।
सञ्चार उद्यमी पोखरेल सिईओ क्लब ग्लोबलका एसिया रिजन हेर्ने सिईओ हुन् भने वल्ड्र्र ट्रेड गु्रप नेपाल अन्तर्गत पोखरेलको बिजनेस टेलिभिजन, व्ल्याक होल आईटि सोलसुन, रुम फर रेष्ट, नेपाल सिपिङ, काठमाण्डौ स्कुल अफ बैंकिङ एण्ड ईन्स्युरेन्स, स्टार्ट अप हब नेपाल लगाएतका दर्जन हाराहारीमा कम्पनीहरु सञ्चालनमा छन् ।
पोखरेलले त्रिभुवन विश्वविद्यालयबाट अन्तराष्ट्रिय सम्बन्धमा पनि विद्यावारिधि गरिरहेका छन् । पोखरेलले विकाशोन्मुख देशको अन्तरदेशिय व्यापारघाटा घटाउन गहन उपाय निकाले वापत सो उपाधी प्रदान गरिएको विश्वविद्यालयले जनाएको छ ।

 

 

 

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘इसेवा’ १२ औँ वर्षमा प्रवेश

Mon Jan 25 , 2021
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘इसेवा’ १२ औँ वर्षमा प्रवेश गरेको छ । नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवा अहिले देशव्यापी सञ्जाल बनाउँदै आर्थिक कारोबारको महत्वपूणर् माध्यम बन्न सफल भएको छ । यो अवधिमा इसेवा मुलुकका हरेक […]