हेल्थ डेस्क क्लिनिक औपचारिक रुपमा वीर अस्पताललाई हस्तान्तरण

वीर अस्पतालमा निर्माण गरिएको हेल्थ डेस्क क्लिनिक (ज्वरो नाप्ने कोठा) औपचारिक रुपमा अस्पताललाई हस्तान्तरण गरिएको छ । नेपालमा कोभिड १९ को महामारी फैलिए लगत्तै वीर अस्पतालमा रत्नाग्य, हेल्प नेपाल नेटवर्क तथा न्यू डायमेन्सन, कुलेश्वर – १४ को सहयोग तथा वीर अस्पतालको सहकार्यमा ज्वरो नाप्ने कोठा सञ्चालनमा आइरहेको थियो । उक्त हेल्थ डेस्क क्लिनिक सोमबारदेखि औपचारिक रुपमा बिर अस्पताललाई हस्तान्तरण गरिएको हो । वीर अस्पतालमा बिरामीको चाप बढी हुने, बिरामीलाई सामाजिक दुरी तथा स्वास्थ्य मापदण्डको विषयमा काउन्सिलिङ गर्नुपर्ने, तथा कोभिड १९ को संक्रमित पनि छुट्याउनुपर्ने भएकोले वीरमा उक्त डेस्क स्थापना गरिएको हेल्प नेपाल नेटवर्ककि सचिव लता घिमिरेले जानकारी दिनुभयो ।

हेल्थ डेस्क क्लिनिक अस्पताललाई हस्तान्तरण गरिएसँगै आगामी दिनमा आवश्यक मर्मतसम्भार तथा सञ्चालनमा नियमितता दिन आग्रह गरिएको छ ।

हेल्थ डेस्क क्लिनिक(ज्वरो नाप्ने कोठा) ३ लाख ७५ हजार रुपैँयाको लागतमा निर्माण भएको हो । कुनैपनि उपचारअघि ज्वरो नाप्ने कोठामा ज्वरो नाप्न तथा परामर्श लिन आग्रह गरिएको छ ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आफ्नो ५६ औ वार्षिकोत्सव

Mon Jan 18 , 2021
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो ५६ औँ वार्षिकोत्सव मनाइरहेको छ । सोमबार सिंहदरबारप्लाजा, काठमाडौँमा रक्तदान कार्यक्रमको आयोजना साथ ५६ औ वार्षिकोत्सव मनाइरहेको हो । पछिल्लो समय बैंकहरुको प्रतिस्पर्धा चलेको छ । कसले छिटो छरितो सेवा प्रवाह गर्ने तथा कसले के-कस्ता नयाँ नया कार्यक्रमहरु ल्याउने भन्नेमा प्रतिस्पर्धा चलिरहेको छ । डिजिटल […]