ताजा अपडेट
फागुन १६, काठमाण्डौ |
भारतले अन्तरदेशीय बिद्युत आयात निर्यात कार्यविधि जारी गरेपछि नेपालमा उत्पादित बिद्युत भारत तथा बंगलादेश निर्यातका लागि कानुनी आधार तयार भएको छ | नेपालले आगामी जेष्ठदेखि २५ मेगावट बिद्युत बंगलादेशलाई बिक्री गर्न खोजिरहेको थियो| तर भारतले कार्यविधि जारी नगर्दा बंगलादेश बिद्युत लैजान भारतीय भुमी प्रयोग गर्नु पर्ने भएकाले प्रक्रिया अघि बढेको थिएन | नेपालले बंगलादेशलाई सोझै बिद्युत विक्री गर्न माग गर्दै आएपनि भारतले भने भारतीय कम्पनीका माध्यमवाट मात्रै गर्न पाउने प्रावधान कार्यविधिमा राखेको छ |
नेपाल बिद्युत प्राधिकरणले माथिल्लो तामाकोशीको निर्माण सम्पन्न भएपछि करिव ५ सय मेगावाट बिद्युत निर्यात गर्न सकिने अनुमान गरेको छ|