५,फाल्गुन ।
ताजा अपडेट समाचारदाता,
भागरथी भट्टको बलात्कार र हत्याको अभियोगमा उनकै छिमेकी दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ ।
बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ७ कि भट्टको लवलेक जङ्गलमा बलात्कारपछी हत्या गरेको अवस्थामा माघ २२ गते शव भेटिएको थियो । उनी सनातन धर्म माविको कक्षा १२ मा अध्ययनरत थिइन । अभियुक्त भट्ट कक्षा ११ मा अध्ययनरत थिए । घटनामा संलग्न लामो समय सम्म पक्राउ नपर्दा सरकारकै आलोचना हुँदै आएको थियो । बलात्कार र हत्याको विरोधमा राजधानीलगायत विभिन्न स्थानमा प्रदर्शन समेत हुँदै आएको थियो ।