तीन दिनपछि खुलेको शेयर बजारमा ४ अर्ब ४१ करोडभन्दा बढीको कारोबार

ताजा अपडेट
चैत १२, काठमाण्डौ

शेयर बजार परिसुचक नेप्से सोमवार ५ दशमलव ४५ अंकले घटेर २ हजार ५ सय ४३ दशमलव ५२ पुगेको छ । त्यसैगरी ‘क’ वर्गका कपनीको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ० दशमलव ३९ अंकले घटेर ४ सय ४९ दशमलव ९२ पुगेको छ ।

सोमवार शेयर बजारमा ४ अर्व ४१ करोड ३ लाख ४५ हजार ३० रुपैयाको कारोवार भएको छ ।सोमवार ९१ करोड ३८ लाख ९३५ कित्ता शेयर कारोबार भएको हो । सो कारोवार ६४ हजार ५ सय ५्१५ रुपैया करोवारमा खरिद बिक्री भएको हो ।

सोमवार बैकिङ र विकास बैक दुइ वित्तिय क्षेत्रको समुहगत परिसुचकमा गिरावट आएको छ । बैकिङ क्षेत्रमा ० दश मलव ३८ प्रतिशतले गिरावट आएको हो । त्यसैगरी ० दशमलव ०२ प्रतिशतले विकास बैक क्षेत्रमा गिरावट आएको हो । त्यसैगरी फाइनन्स , हाइद्रोपावर र माइक्रो फाइनन्स क्षेत्रको समुहगत परिसुचकमा भने वृद्दि भएको छ ।फाइनन्स क्षेत्रमा ० दशमलव ९४ प्रतिशतले वृद्दि भएको हो भने ० दशमलव ९६ प्रतिशतले माइक्रो फाइनन्स क्षेत्रमा र १ दशमलव ०७ प्रतिशतले हाइड्रोपावर क्षेत्रमा वृद्दि भएको छ । त्यसैगरी व्यापार , होटल , उत्पादन र अन्य क्षेत्रको समुहगत परिसुचकमा पनि गिरावट आएको छ ।

सोमवार उन्नती सहकार्य लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ । शेयरमूल्य प्रतिकित्ता रू  २५१ ले बढेर अन्तिम मूल्य रू  २ हजार ७६१ कायम भएको छ । सोमवार चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य ७ दशमलव १७ प्रतिशतले घटेको छ । प्रतिकित्ता रू १४९ ले घटेर अन्तिम मूल्य रू १ हजार ९३० कायम भएको छ । सोमवार सबैभन्दा बढी कारोवार नेपाल इन्फ्रास्ट्रक्चर बैकको भएको छ भने सबैभन्दा बढी कारोवार कित्ता चन्द्रागिरी हिल्स लिमिटेडको रहेको छ ।

 

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुनको मुल्यमा ५ सयले गिरावट

Tue Mar 30 , 2021
  ताजा अपडेट चैत १७ , काठमाण्डौ मंगलवार सुनको मुल्यमा गिरावट आएको छ । सोमवारको तुलनामा मंगलवार प्रतितोला ५ सयले गिरावट आएको छ ।सोमवार प्रतितोला ८६ हजार ५ सयमा कारोवार भएको सुनको मुल्य मंगलवार प्रतितोला ८६ हजारमा कारोवार भइरहेको छ । तेजावी सुनको मुल्य सोमवार प्रतितोला ८६ हजार ५० रुपैयामा […]