आगामी बजेटका बारेमा अर्थमन्त्रीद्धारा पुर्बअर्थमन्त्रीहरुसंग छलफल

बैशाख ८, काठमाडौं । अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक बर्षको बजेट तयारीका सम्बन्धमा पुर्बअर्थमन्त्रीहरुसंग छलफल गरेका छन् ।
पुर्वअर्थमन्त्रीहरुले वास्तविकतामा आधारित भएर आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई सुझाव दिए ।
अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्नुपर्ने विषयलाई लिएर आयोजना गरेको छलफलमा उनीहरुले खर्च गर्न सक्ने र यथार्थतालाई सम्बोधन गर्ने खालको बजेट ल्याउन आग्रह गरे ।

यस्तै ठूला आयोजनामा बजेटको उचित प्रबन्ध गर्न तथा खर्च कटौतीलाई विशेष ध्यान दिन र कोरोनाका कारण प्रभावित उद्योग व्यवसायलाई राहत दिने गरी बजेटको विनियोजन गर्नुपर्नेमा पूर्वअर्थमन्त्रीहरुको जोड थियो । आकारका आधारमा ठूलो बजेटभन्दा पनि विशेषगरी धरातलीय यर्थाथतालाई सम्बोधन गर्न तथा लोकप्रियताको नाममा कार्यान्वयन नहुने खालका कार्यक्रम नराख्नसमेत उनीहरुले अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।

राज्यकोषमा थप दायित्व थपिने खालका कार्यक्रम नल्याउन आग्रह गर्दै उनीहरुले कोरोना प्रभावित मुलुकको अर्थतन्त्रको खास अर्थमा सम्बोधन गर्ने कार्यक्रम समावेश गर्न अनुरोध गरे ।

समयमा नै बजेट आए पनि पूँजीगत खर्च हुन नसकेको अवस्थालाई मध्यनजर गरेर त्यसमा विशेष ध्यान दिन तथा आर्थिक पुनःरुत्थानका खास प्याकेज ल्याउन पूर्वअर्थमन्त्रीहरुले आग्रह गरेका थिए ।

छलफलमा पूर्वअर्थमन्त्रीहरु डा प्रकाशचन्द्र लोहनी, डा रामशरण महत, वर्षमान पुन र शङ्कर कोइरालाको सहभागिता थियो । छलफलमा अर्थमन्त्री पौडेलले आगामी आवको बजेटमा सरकारले समावेश गर्नुपर्ने विषयमा सुझाव दिन आग्रह गरेका थिए । सो अवसरमा अर्थ मन्त्रालयका सचिव शिशिर ढुङ्गाना र अन्य वरिष्ठ अधिकारीहरु सहभागी थिए ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नवनियुक्त दुई न्यायाधीशको सपथ

Wed Apr 21 , 2021
  बैशाख ८, काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशहरु नहकुल सुवेदी र कुमार चुडालले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले नवनियुक्त न्यायाधीशहरु सुवेदी र चुडाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । न्यायाधीशद्वयले नेपाली जनता, संविधान र अन्य कानुनप्रति पूर्ण निष्ठावान […]