एन आई सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत लाई ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषण प्रदान

ताजा अपडेट

चैत २७, काठमाण्डौ ।

सम्माननीय राष्ट्रपतिज्यूद्वारा एन आई सी एशिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री रोशन कुमार न्यौपानेज्यूलाई ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषण प्रदान गर्नुभएको छ ।

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७६/०५/३१ को निर्णयबाट सिफारिस भएअनुसार २०७६ आश्विन ३ गते संविधान दिवस (राष्ट्रिय दिवस) का अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट विभूषण प्रदान गर्ने घोषणा भएकोमा मिति २०७७/१२/२७ मा राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित सुशोभन समारोहका बीच सम्माननीय राष्ट्रपतिज्यूबाट उक्त विभूषण प्रदान गरिएको बैक ले जनाएको हो । साथै, सोही विशेष समारोहका बीच सम्माननीय राष्ट्रपतिज्यूले बैंकका सहायक महाप्रबन्धक श्री रन्जन खड्काज्यूलाई ‘जनसेवा श्री (पञ्चम)’ विभूषण प्रदान गर्नुभएको बैक ले जनाएको छ ।

 

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को अपील

Sun Apr 11 , 2021
ताजा अपडेट् चैत २९,काठमाण्डौ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना संक्रमणको दोस्रो लहर फैलिन सक्ने भन्दै सतर्कता अपनाउन अपील गरेको छ । सीसीएमसीको शनिबार बसेको बैठकले पछिल्लो समय कोभिड संक्रमणको ग्राफ बढेको र नयाँ भेरियन्ट समेत देखा परेको भन्दै सतर्कता अपनाउन राष्ट्रिय रुपमा अपील गर्ने निर्णय गरेको हो । […]