चलचित्र क्षेत्रमा परेको प्रभावको पुनर्बहाली गर्न प्रयास: मन्त्री ज्ञवाली

वैशाख १२,काठमाण्डौ ।  ‘नेपाल–अफ्रिका फिल्म फेस्टिभल, २०२१’ को उद्घाटन गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले कोभिड–१९ को कारण नेपाली चलचित्र क्षेत्रमा परेको प्रभावको बारेमा सरकारलाई जानकारी रहेको र यस क्षेत्रलाई पुनर्बहाली गर्न सरकारले विभिन्न ढङ्गले प्रयासहरु पनि गरिरहेको बताए ।

शुक्रबार आयोजित कार्यक्रममा  उनले भने, ‘कोभिडले पारेको असर नेपालको फिल्म क्षेत्रले कसरी भोगिरहेको छ भन्ने बारेमा सरकार जानकार छ ।यो क्षेत्रलाई कसरी रिभाइभ गर्न सकिन्छ, फिल्म निर्माता, कलाकार, हल सञ्चालक, प्राविधिकहरू, हजारौँ फिल्म उद्योगमाथि आश्रित हुनुहुन्छ । उहाँहरुलाई परेको कठिनाइका बारेमा सरकारलाई जानकारी छ । त्यसका निम्ति विभिन्न ढङ्गले हामीले प्रयासहरु पनि गरिरहेका छौँ । नेपाली फिल्महरूको अन्तर्राष्ट्रियकरण गर्ने, फेस्टिभलको माध्यमबाट अन्तर्राष्ट्रिय क्षेत्र, मञ्चहरूबाट प्रदर्शित गर्ने विषयमा कसरी अगाडी बढ्न सकिन्छ, नेपाल फिल्म फेस्टिभल कसरी आयोजना गर्न सकिन्छ अन्तर्राष्ट्रिय रुपमा, हामी छलफल गर्नेछौं ।’

सेयर गर्नुहोस्
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

Sun Apr 25 , 2021
बैशाख १२, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले आज पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा दिउँसो बस्ने बैठक बोलाइएको काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पौडेलका अनुसार बैठकमा १४ औं महाधिवेशन तयारी, राष्ट्रियसभाको उपनिर्वाचनमा लागि उम्मेदवार चयन र केन्द्र र […]